News Portal

चौथो पटक सांसद हुन नपाउने विधान बनाउनुपर्छ : काँग्रेस नेता राठोर

हिमाली संचार संवाददाता
६९५ पटक

काठमाडौं : नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टिका केन्द्रीय सदस्य किशोर सिंह राठोरले पार्टी बलियो बनाउने हो भने नेताहरूले त्याग गर्न सक्नुपर्ने बताएका छन् ।

शुक्रबारको बैठकमा बोल्दै नेता राठोरले पटकपटक समानुपातिक र आरक्षणको सुबिधा आफु मात्र उपभोग गर्ने ? राजनीति जनताको बिकाश र समृद्धिका लागी गरेको हो की आफु पदमा बसिरहनका लागि भन्ने प्रश्न गरेका थिए ?

पटकपटक एकै ब्यक्ति माननीय र मन्त्री बनी रहने पदलोलुप प्रबृति प्रति प्रहार गर्दै केन्द्रिय सदस्य राठोरले भने, ‘राजनीति देश र जनताको लागी गरेको हो भने कुनै पनि ब्यक्ति तिन पटक भन्दा बढी माननीय हुन नपाउने, केन्द्रीय सदस्य हुन नपाउने र एक पटक भन्दा बढ़ी समानुपातिक र आरक्षणको सुबिधा लिन नपाउने बिधान बनाउनु पर्छ।’

बिशेष परिस्थितिमा ३ पटक बढ़ी चुनाव लड़नु पर्ने भएमा कारण खुलाई क्षेत्र परिवर्तन गरेर लडन सक्ने व्यवस्था गर्नुपर्नेमा नेता राठोरले जोड दिए ।

निर्बाचनमा पार्टी पराजयको कारण नेतृत्वको आलोचना गर्दै पार्टी भित्र ७० बर्ष उमेर लगाउनु पर्ने भन्ने अभियान चलाउनेहरू प्रति संकेत गर्दै उहाँले – को हो ? कसको नेतृत्वमा जादा कांग्रेसले चुनाव जित्छ ? को हुनुहून्छ मेरो नेतृत्वमा जादा म कांग्रेसलाई जिताउछु भन्न सक्ने ? ल आऊनुहोस छलफल गरौ, अझ अगाडि मीडियामा चर्चामा आऊन चाहने युवानेताहरू प्रति संकेत गर्दै नेता राठोरले बाहिर बाहिर पार्टी सुधार्छौ भन्ने केन्द्रीय समिति बैठकमा बोल्न नसक्ने, नीति र विधान बनाउने बैठकमा अनुपस्थित हुने अनि कसरी हुन्छ पार्टी सुधार ? भन्दै प्रश्न गरेका थिए।

उनले पार्टी भित्र अनुशासन हुनु पर्यो, जनताको पक्षमा सबै मिलेर  काम गर्ने बाताबरण हुनु पर्ने धारणा राखेका थिए ।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरू गोपालमान श्रेस्ठ, प्रकाशमान सिंह, दीपक गिरी, मोहन बस्नेत लगायतले आफ्नो धारणा राखेका थिए।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...