News Portal

सरकार छोड्दै उपेन्द्र यादव, आकस्मिक बोलाए पार्टीको बैठक !

हिमाली संचार संवाददाता
५६९ पटक

काठमाडौं : सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले सरकार छोड्ने अन्तिम तयारी थालेको छ । सूत्रहरुले दिएको जानकारीअनुसार पछिल्लो समय प्रधानमन्त्री ओली र उपप्रधानमन्त्रीसमेत रहेका फोरम अध्यक्ष उपेन्द्र यादवबीच भनाभन नै भएको छ ।

यादवले संविधान संशोधन प्रक्रिया अघि बढाउनको लागि प्रधानमन्त्रीले आलटाल गरिरहेको भन्दै सार्वजनिक रुपमै आफ्नो असन्तुष्टि पोख्दै आएका थिए ।

पछिल्लो समय एशिया प्यासिफिक समिटलाई लिएर मन्त्रिपरिषद बैठकमा मन्त्री यादवले प्रधानमन्त्री ओलीलाई विवादित समिटमा किन सहभागी भएको भनेर प्रश्न गरेका थिए । एक जना मन्त्रीका अनुसार उक्त बैठकमा प्रधानमन्त्री ओली र यादवबीच निकै ठूलो स्वरमा चर्काचर्की नै भएको थियो ।

पार्टीबाटपनि यादवलाई तत्काल संविधान संशोधन प्रक्रिया नबढे सरकारबाट बाहिरिन दबाब आएको छ । यही विषयमा निर्णय लिनको लागि यादवले भोलि पार्टीको केन्द्रिय किमिटी बैठक डाकेका छन् ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...