News Portal

सरकार छोड्दै उपेन्द्र यादव, आकस्मिक बोलाए पार्टीको बैठक !

हिमाली संचार संवाददाता
५२० पटक

काठमाडौं : सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले सरकार छोड्ने अन्तिम तयारी थालेको छ । सूत्रहरुले दिएको जानकारीअनुसार पछिल्लो समय प्रधानमन्त्री ओली र उपप्रधानमन्त्रीसमेत रहेका फोरम अध्यक्ष उपेन्द्र यादवबीच भनाभन नै भएको छ ।

यादवले संविधान संशोधन प्रक्रिया अघि बढाउनको लागि प्रधानमन्त्रीले आलटाल गरिरहेको भन्दै सार्वजनिक रुपमै आफ्नो असन्तुष्टि पोख्दै आएका थिए ।

पछिल्लो समय एशिया प्यासिफिक समिटलाई लिएर मन्त्रिपरिषद बैठकमा मन्त्री यादवले प्रधानमन्त्री ओलीलाई विवादित समिटमा किन सहभागी भएको भनेर प्रश्न गरेका थिए । एक जना मन्त्रीका अनुसार उक्त बैठकमा प्रधानमन्त्री ओली र यादवबीच निकै ठूलो स्वरमा चर्काचर्की नै भएको थियो ।

पार्टीबाटपनि यादवलाई तत्काल संविधान संशोधन प्रक्रिया नबढे सरकारबाट बाहिरिन दबाब आएको छ । यही विषयमा निर्णय लिनको लागि यादवले भोलि पार्टीको केन्द्रिय किमिटी बैठक डाकेका छन् ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...