News Portal

हामी विश्वमा सबैभन्दा छिटो विकास गर्ने देश हुनसक्छौं : प्रधानमन्त्री ओली

हिमाली संचार संवाददाता
५१८ पटक

काठमाडौं : प्रधानमन्त्री  केपी शर्मा ओलीले नेपाल तिव्र विकासको देश हुनसक्ने बताएका छन् । राष्ट्रिय योजना आयोगले आज आयोजना गरेको नेपालको दीर्घकालीन सोच र १५ औं योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

नेपालको विकासका लागि अरु देशका अनुभव, सीप र प्रविधि  सजिलै उपलब्ध हुने हुनाले  तिनलाई सदुपयोग गरेर देश तिव्र विकासको गतिमा अघि बढ्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हामी विश्वमा सबैभन्दा छिटो विकास गर्ने देश हुनसक्छौं’ प्रधानमन्त्री ओलीले भने, ‘किनभने हामीलाई विकासका कुनै नयाँ कुराहरु आविस्कार गरिहरनुपर्दैन । अरुले आविस्कार गरेका प्रविधिहरुलाई प्रयोग गरे पुग्छ ।’

प्रधानमन्त्री ओलीले १५ औं पञ्चवर्षीय योजना (२०७६÷०७७ –२०८० ÷०८१) देश विकासका लागि ‘टर्निङ प्वाइन्ट’ हुने बताए । ‘अघिल्ला योजनाका समीक्षाको निष्कर्षबाट यस योजनालाई आधुनिक, प्रविधि मैत्री र तिव्र गतिमा अघि बढ्न सक्ने व्यवहारिक योजना बनाउनुपर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘देश विकासका लागि यस योजनालाई ‘टर्निङ प्वाइन्ट’ बनाउनु पर्दछ ।’

स्वदेशमा रहेका फलामखानीको उत्खनन्, विद्युतीय उर्जाको उत्पादन र प्रयोग बढाउनुपर्ने र पेट्रोल, डिजेलजस्ता इन्धनको आयात घटाउनमा १५ औं योजनामा केन्द्रीत हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । ‘विद्युत, सौर्य र अन्य वैकल्पिक उर्जाको प्रयोगबाट पेट्रोल र डिजेलको खपत घटाउने हो भने देशको अर्थतन्त्रमा ठुलो भरथेग हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘जेट्रोफाबाट पनि इन्धनको आपूर्ति गर्न सकिन्छ । त्यसैले खेतका कान्लामा यो प्रजातिको बोट रोप्ने अभियान सञ्चालन गर्नुपर्दछ ।’

अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले राष्ट्रको सार्वभौमसत्ता, लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय, राष्ट्रिय एकता र शान्ति र सुरक्षामा कोही कसैसँग सम्झौता नहुने समेत बताए ।

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...