News Portal

श्रम शक्ति बेचेर समृद्धि आउँदैन : नेता केसी

हिमाली संचार संवाददाता
५५० पटक

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाको श्रमशक्ति विदेशमा बेचेर समृद्धि नआउने बताएका छन् ।

बागलुङ जिल्लाको गलकोटमा आज आयोजित राष्ट्रिय जनमोर्चाको छैठौँ जिल्ला सम्मेलनमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता केसीले देशका कर्णधार युवा शक्तिलाई सरकारले स्वदेशमा नै रोजगारी सिर्जना गर्ने खालका योजना ल्याउनुपर्ने बताए ।

राणा, पञ्चायत र राजतन्त्र फालेर आएको लोकतन्त्रले पनि जनताका समस्या समाधान गर्न नसकेको भन्दै अहिलेको सरकारले युवा स्वरोजगार लक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

नेता केसीले सरकारले एकाधिकार, भ्रष्टाचारविरुद्धको अभियान थालेपनि टुङ्गोमा पुयाउन नसकेको आरोप लगाउँदै नेपालमा विदेशी हस्तक्षेप हाबी भएकाले आफ्नो पार्टीले यसको प्रतिवाद गर्ने बताए ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...