News Portal

श्रम शक्ति बेचेर समृद्धि आउँदैन : नेता केसी

हिमाली संचार संवाददाता
४८७ पटक

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाको श्रमशक्ति विदेशमा बेचेर समृद्धि नआउने बताएका छन् ।

बागलुङ जिल्लाको गलकोटमा आज आयोजित राष्ट्रिय जनमोर्चाको छैठौँ जिल्ला सम्मेलनमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता केसीले देशका कर्णधार युवा शक्तिलाई सरकारले स्वदेशमा नै रोजगारी सिर्जना गर्ने खालका योजना ल्याउनुपर्ने बताए ।

राणा, पञ्चायत र राजतन्त्र फालेर आएको लोकतन्त्रले पनि जनताका समस्या समाधान गर्न नसकेको भन्दै अहिलेको सरकारले युवा स्वरोजगार लक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

नेता केसीले सरकारले एकाधिकार, भ्रष्टाचारविरुद्धको अभियान थालेपनि टुङ्गोमा पुयाउन नसकेको आरोप लगाउँदै नेपालमा विदेशी हस्तक्षेप हाबी भएकाले आफ्नो पार्टीले यसको प्रतिवाद गर्ने बताए ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...