News Portal

थारु आयोगमा विवाद चरममा : सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कोठामै थुनेर चाबी लगाइन्

२७३ पटक

काठमाडौं, साउन १८ – राज्यको संवैधानिक निकायमध्ये एक, थारु आयोगभित्र अभूतपूर्व घटना घटेको छ। आयोगकी सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कार्यकक्षभित्रै थुनेर ढोकामा चाबी लगाउने कदम उठाएकी छन्।

घटनाको जरो एउटा प्रशासनिक प्रक्रिया विवादबाट सुरु भएको हो। स्रोतका अनुसार, मोदीले विगत एक महिनाको अनुपस्थितिका बाबजुद सबै दिनको हाजिरी एकैपटक गर्न खोजेकी थिइन्। तर, कार्यवाहक अध्यक्ष थारुले त्यसमा आपत्ति जनाउँदै प्रक्रिया रोक्दा विवादले उग्र रुप लिएको हो।

विवादको उत्कर्षमा पुगेर सदस्य मोदीले अध्यक्षलाई कार्यकक्षमै थुनेर ढोका बन्द गरेकी मात्र होइनन्, उक्त घटनाको फोटोसमेत सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी छन्। फोटो सार्वजनिक भएपछि यो विषय झनै चासोको केन्द्र बन्न पुगेको हो।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी कार्यालयमा पुगेर कोठाको तालाचाबी खोलेको र अध्यक्ष थारु करिब एक घण्टापछि बाहिर निस्कन सफल भएका हुन्।

प्रतिकृया दिनुहोस्

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...

अनुहार फेरि फेरि षडयन्त्र नगरौं !

– कमला थापा २०८२ फाल्गुन २५ गते सोमबार। “अनुहार फेरि-फेरि षडयन्त्र नगरौं” उक्त भनाइ श्री...

आज २०८२ साल फागुन २५ गतेको राशिफल

आज फागुन २५, २०८२ ( मार्च ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सुनसरी-१ मा हर्क साम्पाङ विजयी

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट विजयी भएका छन् । उनले...