News Portal

एमालेको दबाबमा बागमती प्रदेशका तीन मन्त्रीको शपथ स्थगित

३५७ पटक

हेटौंडा, साउन १४ – बागमती प्रदेश सरकारले बुधबार बिहान नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम अन्तिम क्षणमा रोकिएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाले बिहानै धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरुङलाई क्रमशः आन्तरिक मामिला तथा कानुन, युवा तथा खेलकुद र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा नियुक्त गरेका थिए।

शपथग्रहण कार्यक्रम बिहान ९ बजे प्रदेश प्रमुख कार्यालयमा आयोजना गर्ने तयारी पूरा भइसकेको थियो। नवनियुक्त मन्त्रीहरूको शपथ हुने जानकारी प्रदेश प्रमुख कार्यालयलाई समेत गराइएको थियो। तर, नेकपा एमालेको चर्को आपत्तिपछि मुख्यमन्त्री लामाले कार्यक्रम स्थगित गरेका हुन्।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामालाई फोनमार्फत सरकार विस्तार संवेदनशील अवस्थामा उचित नहुने स्पष्ट गर्दै आग्रह गरेका थिए। उनले यस्तो कदमले गलत सन्देश जाने चेतावनीसमेत दिएका थिए।

एमालेको आग्रहपछि मुख्यमन्त्री लामा अन्योलमा परेका र तत्कालका लागि मन्त्रीहरूको शपथ रोकिएको प्रदेश सरकारका स्रोतले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...