News Portal

एमालेको दबाबमा बागमती प्रदेशका तीन मन्त्रीको शपथ स्थगित

२१८ पटक

हेटौंडा, साउन १४ – बागमती प्रदेश सरकारले बुधबार बिहान नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम अन्तिम क्षणमा रोकिएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाले बिहानै धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरुङलाई क्रमशः आन्तरिक मामिला तथा कानुन, युवा तथा खेलकुद र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा नियुक्त गरेका थिए।

शपथग्रहण कार्यक्रम बिहान ९ बजे प्रदेश प्रमुख कार्यालयमा आयोजना गर्ने तयारी पूरा भइसकेको थियो। नवनियुक्त मन्त्रीहरूको शपथ हुने जानकारी प्रदेश प्रमुख कार्यालयलाई समेत गराइएको थियो। तर, नेकपा एमालेको चर्को आपत्तिपछि मुख्यमन्त्री लामाले कार्यक्रम स्थगित गरेका हुन्।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामालाई फोनमार्फत सरकार विस्तार संवेदनशील अवस्थामा उचित नहुने स्पष्ट गर्दै आग्रह गरेका थिए। उनले यस्तो कदमले गलत सन्देश जाने चेतावनीसमेत दिएका थिए।

एमालेको आग्रहपछि मुख्यमन्त्री लामा अन्योलमा परेका र तत्कालका लागि मन्त्रीहरूको शपथ रोकिएको प्रदेश सरकारका स्रोतले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...