News Portal

गिरीबन्धु टी इस्टेटको जमिन चिया खेतीबाहेक प्रयोग गरे सरकारको स्वामित्वमा जाने : भूमि मन्त्री अधिकारी

३३८ पटक

काठमाडौं, साउन १३ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले झापास्थित गिरीबन्धु टी इस्टेटले चिया खेतीका नाममा प्राप्त गरेको जमिन अन्य प्रयोजनमा प्रयोग गरे त्यो स्वतः सरकारले फिर्ता लिने चेतावनी दिएका छन्।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै मन्त्री अधिकारीले गिरीबन्धु टी इस्टेटलाई चिया बगानको उद्देश्यका लागि मात्रै जमिन दिएको स्मरण गराए। तर त्यही जमिनलाई अन्य काममा प्रयोग गर्नु कानुनको उल्लङ्घन हुने भन्दै यस्तो अवस्थामा जमिन सरकारकै स्वामित्वमा फर्किने स्पष्ट पारे।

“गिरीबन्धु टी इस्टेटले चिया बगानका लागि लिएको जमिन हो, त्यसलाई अर्को प्रयोजनमा बदल्न पाइँदैन,” मन्त्री अधिकारीले भने, “त्यो उद्देश्य विपरीत प्रयोग भयो भने सरकारकै स्वामित्वमा जान्छ।”

उनले जग्गा स्वामित्वसँग सम्बन्धित कानुनी सीमाबारे पनि धारणा सार्वजनिक गरे। उनका अनुसार, तराई क्षेत्रमा व्यक्तिले अधिकतम १० बिघासम्म जमिन राख्न पाउने व्यवस्था छ, सोभन्दा बढी जमिन भने राज्यको स्वामित्वमा आउँछ।

मन्त्री अधिकारीले भूमिहीन नागरिकहरूको पहिचान र वर्गीकरणको जिम्मेवारी स्थानीय तहलाई दिइएको जानकारी दिए। वर्गीकरण सम्पन्न भएका पालिकामा मात्रै जग्गा वितरण प्रक्रिया अघि बढाइने बताउँदै उनले प्रक्रिया पारदर्शी र न्यायोचित हुने आश्वासन पनि दिए।

बैठकमा सहभागी सांसदहरूले भूमि सम्बन्धी ऐनमा प्रस्तावित संशोधनहरू बिचौलिया होइन, साँचिकै भूमिहीन जनताको पक्षमा हुने गरी परिमार्जन गर्नुपर्ने सुझाव दिएका थिए।

भूमिसम्बन्धी केही नेपाल ऐनहरू संशोधन गर्न बनेको विधेयकमा हालसम्म ९९ वटा संशोधन प्रस्ताव दर्ता भइसकेका छन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...