News Portal

एमाले ललितपुर अध्यक्ष आचार्य मानव तस्करी प्रकरणमा मुछिए, सिआईबीको अनुसन्धान सुरु

३४१ पटक

काठमाडौं, साउन ११ – नेकपा एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य गम्भीर मानव तस्करीको आरोपमा मुछिएका छन्। दुईपटक जिल्ला अध्यक्ष भएका आचार्य पार्टीभित्र महासचिव शंकर पोखरेलको निकट मानिने व्यक्ति हुन्। तर पछिल्लो समय उनी विद्या भण्डारीको समूहमै सक्रिय छन्।

पार्टी नेतृत्वमा लामो समयदेखिको संलग्नता भए पनि आचार्यमाथि लागेको आरोप राजनीतिक हैसियतको आडमा मानव तस्करीजस्तो आपराधिक कार्यमा संलग्न भएको हो भन्ने गम्भीर आशंका उठेको छ।

प्रकरणको सुरुआत स्पेनमा आयोजित एक अन्तर्राष्ट्रिय सेमिनारमा अवैध रूपमा नेपालीहरूलाई पठाइएको घटनाबाट भएको हो। यसैबारे संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोभिता गौतमले आवाज उठाएपछि सार्वजनिक चासो बढेको हो।

यही सेमिनारसँग जोडिएर ललितपुरमा दर्ता गरिएको एउटा संस्था – समाज परिवर्तनका लागि एकता – को नाम अगाडि आएको छ। यस संस्थाका अध्यक्ष पुरुषोत्तम आचार्य नै हुन्। उक्त संस्थाको नाममा युवाहरूलाई विदेश पठाउन लाखौं रकम असुली गरिएको आरोप लागेको छ।

संस्थाको नाम देखिएपछि नेकपा एमालेका अर्का नेता प्रदिप शर्मा चौलागाईँको संलग्नता पनि खुलेको छ। उनी यस संस्थामा कर्मचारीको रूपमा कार्यरत छन् भने पूर्वमा ‘युथ एनजिओ फेडेरेसन’ मा जागिर गर्थे, जुन संस्था रास्वपा नेता कमल सुवेदीसँग सम्बन्धित छ। सुवेदी र चौलागाईँबीच अझै पनि राम्रो सम्बन्ध रहेको बताइएको छ।

यसैबीच संस्था सञ्चालनमा देखिएको अनियमितता र प्रमाणहरूलाई झुट्याउन जिल्ला प्रशासन कार्यालयमा नक्कली लेटरप्याड र छाप दुरुपयोग गरिएको भन्दै उजुरीसमेत दिइएको छ। तर धेरैले यो उजुरी स्वयं आचार्य पक्षबाट विषय मोड्ने र दोष अरूमाथि थोपर्ने प्रयत्नका रूपमा लिएका छन्।

संस्थासँग जोडिएका व्यक्तिहरू एमालेकै विभिन्न तहमा सक्रिय छन्। संस्थाको २०८१ सालको साधारणसभा अभिलेखमा अध्यक्ष आचार्यसहित उपाध्यक्ष घनश्याम कँडेल, अञ्जना चौलागाईँ, दुर्गा उपाध्याय, मदन अधिकारी लगायतको नाम उल्लेख छ, जसमा धेरैजसो एमाले निकट छन्।

प्रकरण गम्भीर बन्दै गएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यसबारे अनुसन्धान थालेको छ। आचार्य र चौलागाईँलाई बयानका लागि बोलाइएको छ भने एमाले नेतृत्वले पनि आन्तरिक रूपमा स्पष्टिकरण मागेको स्रोतको भनाइ छ।

यसरी पार्टीको हैसियत, एनजिओको आवरण र विदेश कार्यक्रममा सहभागी बनाउने नाममा नेपाली नागरिकलाई युरोप पठाई प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ असुलेर मानव तस्करीको जालो बुनिएको आशंका थप बलियो बन्दै गएको छ।

ललितपुरजस्तो राजनीतिक रूपमा सशक्त जिल्लामा एमालेको नेतृत्व गर्दै आएका व्यक्तिमाथि यति गम्भीर आरोप लाग्नु पार्टीको छविमाथि पनि ठूलो आघात भएको विश्लेषकहरूको भनाइ छ। अब सीआईबीको अनुसन्धानले साँचो अवस्था खुलाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...