News Portal

मन्त्री अधिकारीको खुलासा : मन्त्रिपरिषद् पुनर्गठनको सहमति भइसकेको छ, अडियो प्रकरणमा संलग्नता नदेखिए कारबाही भोग्न तयार

२३० पटक

काठमाडौं, साउन १ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले निकट भविष्यमा मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको बताएका छन्। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो पुनर्गठन सहमतिको आधारमा हुन लागेको स्पष्ट पारे।

एक वर्षे कार्यसम्पादन विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा मन्त्री अधिकारीले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, “मन्त्री पद सधैंका लागि होइन। सहमतिको आधारमा एक वर्षपछि मन्त्रिपरिषद् पुनर्गठन हुने कुरामा पहिल्यै सहमति भइसकेको छ। त्यसबेला को रहन्छन्, को हट्छन् भन्ने छुट्टै कुरा हो।”

यही अवसरमा सञ्चारकर्मीहरूले पछिल्लो घुस प्रकरणसँग जोडिएको अडियोबारे प्रश्न गरेपछि मन्त्री अधिकारीले आफू उक्त प्रकरणमा कुनै पनि रूपमा संलग्न नरहेको दाबी गरे। उनले भने, “मसँग सम्बन्धित विषयमा म संलग्न छैन। यदि कुनै प्रमाणित संलग्नता देखिए, म कारबाही भोग्न पनि तयार छु।”

पद जिम्मेवारीसँग जोडिएको हो भन्दै उनले आफ्नो कार्यकालभरि जिम्मेवार ढंगले काम गर्ने प्रतिबद्धता दोहोर्‍याए। “जहिलेसम्म पदमा हुन्छु, जिम्मेवार रूपमा काम गर्छु। जुन जिम्मेवारीमा हुन्छु, त्यहीअनुसार अघि बढ्ने हो,” मन्त्री अधिकारीको भनाइ थियो।

पछिल्लो समय सार्वजनिक भएको अडियो प्रकरणले मन्त्री अधिकारीमाथि अनेकौं प्रश्नहरू उठाइरहेको बेला आएको उनको यो प्रतिक्रिया र भविष्यमा हुन सक्ने मन्त्रिपरिषद् पुनर्गठनको संकेतले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...