News Portal

मन्त्री अधिकारीको खुलासा : मन्त्रिपरिषद् पुनर्गठनको सहमति भइसकेको छ, अडियो प्रकरणमा संलग्नता नदेखिए कारबाही भोग्न तयार

२९२ पटक

काठमाडौं, साउन १ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले निकट भविष्यमा मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको बताएका छन्। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो पुनर्गठन सहमतिको आधारमा हुन लागेको स्पष्ट पारे।

एक वर्षे कार्यसम्पादन विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा मन्त्री अधिकारीले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, “मन्त्री पद सधैंका लागि होइन। सहमतिको आधारमा एक वर्षपछि मन्त्रिपरिषद् पुनर्गठन हुने कुरामा पहिल्यै सहमति भइसकेको छ। त्यसबेला को रहन्छन्, को हट्छन् भन्ने छुट्टै कुरा हो।”

यही अवसरमा सञ्चारकर्मीहरूले पछिल्लो घुस प्रकरणसँग जोडिएको अडियोबारे प्रश्न गरेपछि मन्त्री अधिकारीले आफू उक्त प्रकरणमा कुनै पनि रूपमा संलग्न नरहेको दाबी गरे। उनले भने, “मसँग सम्बन्धित विषयमा म संलग्न छैन। यदि कुनै प्रमाणित संलग्नता देखिए, म कारबाही भोग्न पनि तयार छु।”

पद जिम्मेवारीसँग जोडिएको हो भन्दै उनले आफ्नो कार्यकालभरि जिम्मेवार ढंगले काम गर्ने प्रतिबद्धता दोहोर्‍याए। “जहिलेसम्म पदमा हुन्छु, जिम्मेवार रूपमा काम गर्छु। जुन जिम्मेवारीमा हुन्छु, त्यहीअनुसार अघि बढ्ने हो,” मन्त्री अधिकारीको भनाइ थियो।

पछिल्लो समय सार्वजनिक भएको अडियो प्रकरणले मन्त्री अधिकारीमाथि अनेकौं प्रश्नहरू उठाइरहेको बेला आएको उनको यो प्रतिक्रिया र भविष्यमा हुन सक्ने मन्त्रिपरिषद् पुनर्गठनको संकेतले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...