News Portal

मधेशी भएकै कारण राजीनामा दिन बाध्य पारियो : उपेन्द्र यादवको आरोप

२१० पटक

काठमाडौं, साउन १ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी समुदायमाथि विभेदपूर्ण व्यवहार भइरहेको स्पष्ट आरोप लगाएका छन्। उनले हालै सामान्य प्रशासन राज्यमन्त्री पदबाट राजीनामा दिएका राजकुमार गुप्ताको मुद्दालाई उदाहरण दिँदै, जातीय पहिचानकै आधारमा राजनीतिक दबाब सिर्जना गरिएको दाबी गरेका हुन्।

एक अडिओ सार्वजनिक भएसँगै प्रधानमन्त्रीको निर्देशनमा गुप्ताले पदबाट राजीनामा दिए। तर, सोही प्रकृतिको अर्को अडिओ प्रकरणमा भूमि व्यवस्था मन्त्री बलराम अधिकारीसमेत मुछिएका भए पनि उनलाई भने अहिलेसम्म कुनै कारबाही गरिएको छैन। यही दोहोरो मापदण्डप्रति अध्यक्ष यादवले गम्भीर आपत्ति जनाएका छन्।

यादवले सामाजिक सञ्जालमा लेखेका छन्, “ढुक्क हुनुस्, भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन। बालुवाटार र च्यासलको शिरमा विराजमान ‘बा’ को आशीर्वाद रहुन्जेल उनका सगोत्रीहरूलाई जे गरे पनि छुट छ। तर मधेश मूलका गुप्तालाई भने जबरजस्ती राजीनामा दिन लगाइयो।”

उनले आरोप लगाए अनुसार, अधिकारी र गुप्ता दुवै अडिओ प्रकरणमा समानरूपमा मुछिएका हुन्। मिडियामा दुवैका अडिओ र प्रमाणहरू प्रशस्त उपलब्ध छन्, तर कारबाही भने एउटामाथि मात्र गरिएको छ। “यदि अधिकारीको ठाउँमा कुनै मधेशी, थारु, दलित वा जनजाति समुदायको मन्त्री भएको भए, ओलीले तुरुन्तै राजीनामा गराइसक्थे,” यादवको भनाइ थियो।

यादवले सत्तामा रहेको नेतृत्वमाथि बिचौलियाहरू र भ्रष्टाचारमा संलग्नहरूलाई जातीय पहिचानको आधारमा जोगाउने काम भइरहेको आरोप लगाए। उनका अनुसार, ‘बा’ का सगोत्री भएकै कारण मन्त्री अधिकारीले अहिलेसम्म राजीनामा दिनुपरेको छैन, जबकि समान प्रकृतिको घटनामा गुप्ता दोषी ठहरिए झैँ गरियो।

उनको अभिव्यक्तिले सत्ता प्रणालीमा जातीय विभेद र पूर्वाग्रही सोच अझै गढिएको देखिएको संकेत गर्छ। उनले सरकारलाई न्यायसंगत र निष्पक्ष मापदण्ड अवलम्बन गर्न आग्रह पनि गरेका छन्।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...