News Portal

भिजिट भिसामा स्पेन गएर नफर्कनेबारे सरकारको कडाइ : प्रवक्ता गुरुङ

१८९ पटक

काठमाडौं, असार ३२ — स्पेन भ्रमणका लागि भिजिट भिसा लिइ यात्रा गरेका नेपाली नागरिक समयमै नफर्किएको विषयमा सरकारले कडाइ गर्दै छानबिन अघि बढाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले यसबारे जानकारी दिएका हुन्।

प्रवक्ता गुरुङका अनुसार भ्रस्टाचारमा संलग्न जो कोही भए पनि उन्मुक्ति नपाउनेछन्। ‘मन्त्री होस् वा अन्य कुनै जिम्मेवार पदमा बसेका व्यक्ति, दोष प्रमाणित भए कारबाही अवश्य हुन्छ,’ गुरुङले प्रष्ट पारे।

उनले अहिले नैतिकताको सवालमा सामान्य प्रशासनमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा सरकारले प्रमाण र सत्यका आधारमा मात्रै अघि बढ्ने धारणा राखे। भ्रस्टाचारका विषयमा आँखा चिम्लेर नबसिने भन्दै गुरुङले कडाइ गर्ने चेतावनीसमेत दिए।

यस्तै मन्त्रिपरिषद्ले नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापान सरकारबाट करिब ५ अर्ब ७० करोड जापानी येन बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ।

साथै राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्षमा डा. खगराज शर्मालाई नियुक्त गरिएको छ भने फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समितिको कार्यविधि चार महिना थप गरिएको छ।

नेपाली सेनातर्फ एकजना प्रमुख सेनानीलाई महासेनानीमा, अर्का एकजना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने र १९ जना सहायक सेनानीहरूको सरुवा गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...