News Portal

  • धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला, सार्वजनिक विदामा पनि चढ्न पाइने

    १५६ पटक

    काठमाडौं, असार ३१ – साउन १ गतेदेखि धरहरा अवलोकन गर्न चाहनेका लागि अब समय र सार्वजनिक विदाको झन्झट हट्ने भएको छ। सरकारले धरहराको सञ्चालन समय दुई सिफ्टमा विस्तार गर्ने निर्णय गरेको छ। अबदेखि धरहरा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुला रहनेछ भने सार्वजनिक विदाका दिन पनि धरहरा बन्द नहुने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले जानकारी दिनुभयो।

    हालसम्म धरहरा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म मात्र सञ्चालन हुँदै आएको थियो। सार्वजनिक बिदामा धरहरा बन्द हुँदा धेरैले गुनासो गरेपछि उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले अवलोकन अवधि बढाउन निर्देशन दिनुभएको थियो। सोही अनुसार धरहरा अब नियमित रूपमा बढी समय खुला गरिने भएको हो।

    २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त बनाएको धरहरा पुनर्निर्माणपछि गत असोज ३ गतेदेखि परिक्षणका रूपमा खोलिएको थियो। मङ्सिर ९ गतेदेखि भने शुल्क लिएर सर्वसाधारणलाई चढ्न दिइएको हो। यसबीचमा २ लाख ३७ हजारभन्दा बढीले धरहरा चढी अवलोकन गरिसकेका छन्। धरहराबाट अहिलेसम्म ४ करोड ३३ लाखभन्दा बढी राजस्व संकलन भएको शहरी विकास मन्त्रालयले जनाएको छ।

    झापामा अत्याधुनिक व्यापारिक कम्प्लेक्स सञ्चालनमा

    यता झापाको दमकमा निर्माण भएको १८ तले व्यापारिक कम्प्लेक्स पनि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ। एक सय मिटर अग्लो यो कम्प्लेक्स परिक्षणका रूपमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालनमा ल्याइने मन्त्रालयले जनाएको छ। यो कम्प्लेक्स कंक्रिट र मेटल फ्रेम संरचनाको संयोजनमा बनेको छ र उचाइका हिसाबले धरहराभन्दा अग्लो मानिन्छ।

    सरकारी कार्यालयमा कागजको झन्झट हट्दै

    शहरी विकास मन्त्रालयले साउन १ गतेदेखि सबै कामकाज एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) मार्फत पेपरलेस बनाउने तयारी गरेको छ। मन्त्रालयका सचिव गोपाल सिग्देलका अनुसार सरकारी कामकारवाही अब डिजिटल प्रणालीबाट हुनेछ, जसले फाइल आदानप्रदानदेखि चिठी पत्राचारसम्म कागजको प्रयोगलाई अन्त्य गर्नेछ।

    अनधिकृत गाडी फिर्ता, हाजिरीमा कडाइ

    मन्त्रालयले अनधिकृत रूपमा प्रयोग भएका गाडीहरू फिर्ता ल्याइसकेको छ र अबदेखि सरकारको मापदण्डअनुसार योग्य कर्मचारीलाई मात्र गाडीको सुविधा उपलब्ध गराइनेछ। साथै, साउन १ गतेदेखि कर्मचारीको हाजिरी विद्युतिय प्रणालीमार्फत अनिवार्य गराइने छ।

    आयोजनाको अनुगमन मन्त्रालयबाटै

    शहरी विकास मन्त्रालयले प्रमुख आयोजना र निर्माणाधीन कामहरूको प्रत्यक्ष अनुगमन अब मन्त्रालयमै बसेर गर्ने तयारी गरेको छ। मन्त्री सिंहले त्रिविको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको प्रगति मन्त्रालयस्थित कार्यकक्षबाटै हेर्दै आउनुभएको छ र यही अभ्यास अरू आयोजनामा पनि विस्तार गरिने मन्त्रालयले जनाएको छ।

    धरहराको सञ्चालन समय विस्तारदेखि डिजिटल कार्यालय व्यवस्थापन र पारदर्शी प्रशासनिक कदममार्फत मन्त्रालयले सेवा र सुशासनमा थप सुधार ल्याउने संकेत दिएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मेयर साहले गृहमन्त्री हटाउन भेटे प्रधानमन्त्री

    काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई...

    जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउन मागपत्र प्रमाणीकरण सुरु

    काठमाडौं, कात्तिक ११ – जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु भएको छ। जापानस्थित...

    जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ दल दर्ता

    काठमाडौं, कात्तिक ११ – जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ राजनीतिक दल दर्ता भएका छन्।...

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिँड्दै, सिंगापुरमा ह्विलचियरमा देउवा दम्पती

    काठमाडौँ, कार्तिक ११ — जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार...

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...