News Portal

भिजिट भिसा दुरुपयोग प्रकरण : छानबिन समिति नबनेसम्म आन्दोलन नरोकिने राप्रपाको चेतावनी

२४४ पटक

काठमाडौं, असार २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो आन्दोलन नरोकिने स्पष्ट पारेको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा राप्रपाका सांसद दीपक सिंहले सरकारले दुई तिहाइको बलमा संसद् चलाउन खोजेको भन्दै कडा आपत्ति जनाए।

सांसद सिंहका अनुसार भिजिट भिसा दुरुपयोग प्रकरणले संसारभर नेपालीको छवि धमिल्याएको छ तर यस्तो गम्भीर विषयमा सरकारले छानबिन समिति गठन गर्न आलटाल गरिरहेको छ। उनले प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारीसम्म मुछिएको भन्दै दोषी पहिचान गर्न संसदीय छानबिन समिति आवश्यक रहेको बताए।

‘अन्य धेरै विषयमा समिति बनाइन्छ तर यत्रो संवेदनशील प्रकरणमा किन छानबिन समिति बनाउन डराइयो ? यदि तत्काल समिति गठन भएन भने राप्रपाले संसद् बहिष्कारलाई निरन्तरता दिनेछ,’ सिंहले चेतावनी दिए।

उनले संसद् अवरुद्ध भएको ४१ दिनभन्दा बढी भइसकेको स्मरण गराउँदै सरकारलाई दुई तिहाइको दम्भ देखाएर सदन चलाउन नदिने बताए। सिंहले सरकारले छानबिनबाट पन्छिन खोज्दा जनतामा अझै शंका बढेको पनि टिप्पणी गरे।

 

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...