News Portal

गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

३०२ पटक

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका छन्।

केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै गिरीले प्रजातन्त्रमा सबैको पहिचान, स्थान, आवाज र असन्तुष्टिको सम्मान हुनुपर्ने बताए।उनले पार्टीभित्र अनुशासनको कारबाही ३–४ महिनाभित्र टुंग्याउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘२१औँ शताब्दीमा अनुशासनको नाममा ३–४ वर्षसम्म कारबाही लम्ब्याइयो भने पार्टी कमजोर हुन्छ। गुटको आधारमा कारबाही गरियो भने पनि पार्टीको एकता खल्बलिन्छ।’ पूर्वमन्त्री समेत रहेका गिरीले सन्त नेता किसुनजीले विगतका कमजोरीहरूलाई बिर्सेर आममाफीको नीति अवलम्बन गरेको उदाहरण दिँदै साना–तिना कमजोरीलाई सुधार्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिए।

पार्टीमा सबैको योगदानको कदर गर्नुपर्ने बताउँदै गिरीले कसैको जवानी र जिन्दगीको लगानी, त कसैको आर्थिक सहयोगले कांग्रेसलाई बलियो बनाएको उल्लेख गरे। उनले महावीर शमशेर, भरत शमशेर, मैयाँ दिदी, र गौरी दिदीजस्ता व्यक्तित्वले गरेको आर्थिक सहयोगको चर्चा गर्दै उनीहरूले कहिल्यै श्रेय नखोजेको स्मरण गरे।

मुलुकको तरल राजनीतिक अवस्थालाई मध्यनजर गर्दै नेपाली कांग्रेस ठूलो दल र सरकारमा रहेको हुनाले सबैसँग सहमति र सहकार्य अपरिहार्य भएको उनले बताए। इतिहास बोकेको पार्टीले सबैलाई समेटेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।

“वर्तमान गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति प्रभावकारी हुन सकेको छैन। कांग्रेसका मन्त्रीहरूको भूमिका कमजोर देखिएको छ, आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट लैजाने परम्परा देखियो जुन गलत हो,” गिरीले भने।

“मैले दाङ जिल्लाको ऐतिहासिक टारीगाउँ विमानस्थलको विस्तारका लागि गएको ३ वर्षदेखि संसदमा बोल्दै आएको छु। जग्गा अधिग्रहण गर्नको लागि झन्डै ९० करोड रुपियाँ चाहिनेमा सरकारले यो वर्षको बजेटमा जम्मा रु १ करोड छुट्याएको छ। यो दंगाली जनताको अपमान हो, यदि यो सरकारले काम गर्न सक्दैन भने हामी अर्को विकल्पमा जान पनि तयार हुनुपर्छ,” उनले जोड दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...