News Portal

धरानको खानेपानी योजना : ‘एडीबीको ऋण नचाहिने, खोला–खोल्सीकै भरमा बाँच्ने’ — मेयर साम्पाङको कडा सन्देश

२९२ पटक

धरान, असार १९ — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले संघीय सरकार र खानेपानी मन्त्रालयलाई स्पष्ट सन्देश पठाएका छन् — ‘सप्तकोशीको पानी ल्याउन विदेशी ऋण नचाहिने, खोला–खोल्सीको पानीमै धरान धानिन्छ।’

खानेपानी मन्त्री प्रदीप यादवलाई बिहीबार एक पत्र पठाउँदै मेयर साम्पाङले एसियाली विकास बैंक (एडीबी) को ऋण लिएर सप्तकोशीबाट खानेपानी ल्याउने सरकारी योजना अस्वीकार गरेका हुन् । उनका अनुसार संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ४ करोड रुपैयाँ छुट्याएको भए पनि बाँकी रकम विदेशी ऋणमार्फत ल्याउने कुरा सुन्दा धरानवासीलाई फेरि ऋणको भारी थोपर्न खोजिएको देखिन्छ ।

‘तीन दशकदेखि सप्तकोशीको पानी धरानसम्म ल्याउने विषयमा धेरैपटक मन्त्रालय धाइयो, संघर्ष गरियो । तर हिजोको भूमिगत खानेपानी आयोजना पनि एडीबीकै ऋणमा चलाइएको थियो, त्यो ऋण अझै तिर्न बाँकी छ,’ पत्रमा भनिएको छ, ‘अब फेरि त्यही ऋणको भार बोक्नु देश र धरानका लागि उपयुक्त हुँदैन।’

प्रधानमन्त्री कार्यालयमा समेत प्रतिलिपि पठाइएको उक्त पत्रमा मेयर साम्पाङले योजना राष्ट्रिय आम्दानीबाटै पूरा गर्न सुझाएका छन् । त्यसो हुन नसके स्थानीय स्रोत साधनकै भरमा धरानवासीलाई खोला–खोल्सीको पानी प्रयोग गरी गुजारा चलाउन बाध्य हुने चेतावनी उनले दिएका छन् ।

सप्तकोशीको पानी धरानसम्म ल्याउने दीर्घकालीन योजना संघीय सरकारले अघि सारे पनि स्थानीय तहले ऋणमुक्त अवधारणालाई जोड दिएको छ । मेयर साम्पाङले सरकारी संयन्त्रलाई विदेशी ऋणको जालोमा नफस्न आग्रह गर्दै धरानलाई आत्मनिर्भर बनाउने दृढता दोहोर्याएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...