News Portal

सहकारी सचेतना तथा जागरण तालिम रंगेलीमा सुरु

रबिन्द्र बराल
२२० पटक

मोरङ, जेठ २२ – रंगेली, सुनवर्षी, रतुवामाई र धनपालथान गाउँपालिकामा क्रियाशील विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूलाई लक्षित गरी सहकारी विषयक सचेतना तथा जागरण अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने तालिम सुरु गरिएको छ।

“मर्यादित सहकारी: समुन्नत समाज” भन्ने मूल नारासहित जेष्ठ २१ गतेदेखि २३ गतेसम्म सञ्चालित उक्त तालिम सद्भाव बचत तथा ऋण सहकारी संस्था लि. रंगेलीको सभाहलमा भइरहेको हो।

कार्यक्रमको उद्घाटन सद्भाव बचत तथा ऋण सहकारी संस्था लि. रंगेलीका अध्यक्ष ई. कमलेश्वर ठाकुरको प्रमुख आतिथ्यतामा भएको थियो भने तालिम कार्यक्रम कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका प्रमुख हरि बहादुर खत्रीको अध्यक्षतामा सञ्चालन भइरहेको छ।

तालिममा विभिन्न प्रकारका सहकारी संस्थाबाट सहभागी भएका महिला तथा पुरुष गरी ३० जनालाई सहकारी सम्बन्धी ज्ञान प्रदान गरिँदैछ।

कार्यक्रम कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, इनरुवा, सुनसरीको आयोजनामा, जिल्ला सहकारी संघ, मोरङको समन्वयमा तथा सद्भाव बचत तथा ऋण सहकारी संस्था लि. रंगेलीको सहयोगमा सञ्चालन गरिएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...