News Portal

ट्रान्सफर्मरभित्रको तामा चोरी

रबिन्द्र बराल
१८८ पटक

मोरङ, जेठ २२ – रङ्गेली नगरपालिका–७ स्थित मुन्डाकालीमा अवस्थित ट्रान्सफर्मर गएराति चोरी भएको छ। उक्त स्थानमा ४ महिनाअघि कृषकहरूका लागि सिँचाइ सुविधा दिइँदै आएको थियो। संयुक्त तराई विशेष कार्यक्रमअन्तर्गत ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयको सहयोगमा कृषकहरूलाई लक्षित गर्दै बोरिङ सञ्चालनमा ल्याइएको थियो।

यस बोरिङ प्रणालीबाट कृषकहरूले मकै खेतीमा सिँचाइ गर्दै आएका थिए। अब केही दिनमा धान रोपाइँ सुरु गर्ने तयारीमा रहेका बेला ट्रान्सफर्मर चोरी भएपछि स्थानीय कृषकहरू चिन्तित बनेका छन्।

बोरिङ सञ्चालनमा आएसँगै सयौँ बिगाहाभन्दा बढी खेतीयोग्य जमिनमा एकैचोटि सिँचाइ गर्न सकिने विश्वास लिइएको थियो। तर ट्रान्सफर्मर चोरी भएपछि यो सम्भावना तत्कालका लागि अवरुद्ध भएको छ।

स्थानीय कृषक सुगनलाल मण्डलका अनुसार, ट्रान्सफर्मर चोरी हुँदा खेतीमा गम्भीर असर पर्नेछ। बिरिङ निर्माण कार्य समितिका अध्यक्ष मचिन्द्र कटुवालले ट्रान्सफर्मर पुनः जडानका लागि आफूहरूले सक्दो पहल गर्ने बताएका छन्।

नेपाल विद्युत् प्राधिकरणका अनुसार ट्रान्सफर्मरभित्र रहेको तामाको मूल्य बजारमा प्रतिकेजी २ हजार रुपैयाँ पर्न जाने भएकाले चोरीका घटनामा चोरहरूले विशेषतः तामामै लक्षित गर्ने गरेका छन्।

चोरी भएको ट्रान्सफर्मर ५० केभी क्षमताको रहेको र यसको बजार मूल्य करिब ५ लाख रुपैयाँ पर्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...