News Portal

उर्लाबारी खानेपानी सबैभन्दा उत्कृष्ट

रबिन्द्र बराल
२६३ पटक

मोरङ, जेठ २१ – उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सम्पूर्ण नगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यसहित तीव्र रूपमा काम गरिरहेको छ। नेपाल सरकारले सन् २०३० सम्म सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्य तय गरेको भए तापनि, उर्लाबारीमा भने त्यो लक्ष्य सन् २०२७ मै प्राप्त गरिसकेको छ।

संस्थाले हालसम्म ४३० किलोमिटर पाइपलाइन विस्तार गरिसकेको छ। देशभरका ७५३ पालिकामध्ये, यस संस्थाले सञ्चालन गरेको खानेपानी योजना पहिलो स्थानमा रहेको छ। हाल करिब ७० हजार उपभोक्ताले शुद्ध खानेपानी प्रयोग गरिरहेका छन् भने १० हजार घरधुरीमा धारा जडान भइसकेको छ।

कार्यालय प्रमुख राजु बुढाथोकीका अनुसार, सुरुमा धारा जडान गर्दा १४ हजार रुपैयाँ शुल्क लिने गरिन्थ्यो। तर उपभोक्तालाई थप आर्थिक बोझ नपरोस् भनेर हाल चार किस्तामा भुक्तानी गर्ने व्यवस्था गरिएको छ।

स्थानिय बिमला लिम्बूका अनुसार, विगतमा खानेपानीको समस्या झेल्नुपरेपछि बसाइँ सर्ने विचार बनाएकी थिइन्। तर अहिले शुद्ध र पर्याप्त पानी उपलब्ध भएपछि त्यस्तो आवश्यकता नरहेको बताइन्।

संस्थाले उपभोक्ताको सहजता र सुविधा ध्यानमा राख्दै, कुनै पनि समयमा पाइप फुटेको जानकारी आएमा बाटोको दुरीको ख्याल गर्दै १० मिनेटभित्र मर्मत टोली पुग्ने व्यवस्था मिलाइएको छ। साथै, पानी महसुल तिर्ने व्यवस्था सहज होस् भनेर बैंकिङ सेवा समेत उपलब्ध गराइएको बुढाथोकीले बताए।

उर्लाबारी खानेपानीले वडा नं. १ को लक्ष्मीझार, वडा नं. २ को गुरु गोरक्षनाथ, र वडा नं. ९ को दुर्गापुरीमा निर्माण गरिएका ट्याङ्कीहरू नगरपालिका मार्फत जिम्मा लिएको हो।

संस्थाका अध्यक्ष चिन्तामणि पौडेलका अनुसार, उर्लाबारीमा निर्माण भएका १० वटा ट्याङ्कीहरूबाट सम्पूर्ण नगर क्षेत्रलाई शुद्ध खानेपानी वितरण गर्ने लक्ष्यका साथ संस्था अघि बढिरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...