News Portal

७० वर्षपछि मात्रै वृद्धभत्ता : सरकारको निर्णयले ल्यायो नयाँ मोड

हिमालीसंचार संवाददाता
२१४ पटक

काठमाडौं, जेठ १५ – अबदेखि सरकारले प्रदान गर्ने वृद्धभत्ता लिन ७० वर्षको उमेर पुग्नुपर्ने भएको छ। यसअघिसम्म ६८ वर्ष उमेर पुगेका नागरिकले यो भत्ता पाउँदै आएका थिए, तर सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत यो उमेर हदलाई दुई वर्षले बढाउने निर्णय सार्वजनिक गरेको छ।

उक्त निर्णय बिहीबार संघीय संसद्मा आगामी वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेका हुन्।

“सामाजिक सुरक्षा भत्ता प्रणालीलाई अझ व्यवस्थित र दीर्घकालीन रूपमा सक्षम बनाउन उमेरसीमा समायोजन गरिएको हो,” अर्थमन्त्री पौडेलको भनाइ थियो।

यस निर्णयसँगै अब ७० वर्ष नपुगी कुनै पनि नागरिकले वृद्धभत्ताको सुविधा लिन पाउने छैनन्। सरकारको यस्तो कदमले सामाजिक सुरक्षा प्रणालीमा केही कडाइ ल्याउने देखिएको छ भने अर्कोतर्फ केही नागरिकमा असन्तुष्टि पनि देखिएको छ।

वृद्धभत्ता उमेरको यो नयाँ सीमा आगामी आर्थिक वर्षदेखि लागू हुने बताइएको छ।

सरकारको यस्तो नीति परिवर्तनले वृद्ध नागरिकको जीवनशैली, आर्थिक सहारा र राज्यप्रतिको अपेक्षामा असर पार्ने प्रक्षेपण गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...