News Portal

७० वर्षपछि मात्रै वृद्धभत्ता : सरकारको निर्णयले ल्यायो नयाँ मोड

हिमालीसंचार संवाददाता
२७० पटक

काठमाडौं, जेठ १५ – अबदेखि सरकारले प्रदान गर्ने वृद्धभत्ता लिन ७० वर्षको उमेर पुग्नुपर्ने भएको छ। यसअघिसम्म ६८ वर्ष उमेर पुगेका नागरिकले यो भत्ता पाउँदै आएका थिए, तर सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत यो उमेर हदलाई दुई वर्षले बढाउने निर्णय सार्वजनिक गरेको छ।

उक्त निर्णय बिहीबार संघीय संसद्मा आगामी वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेका हुन्।

“सामाजिक सुरक्षा भत्ता प्रणालीलाई अझ व्यवस्थित र दीर्घकालीन रूपमा सक्षम बनाउन उमेरसीमा समायोजन गरिएको हो,” अर्थमन्त्री पौडेलको भनाइ थियो।

यस निर्णयसँगै अब ७० वर्ष नपुगी कुनै पनि नागरिकले वृद्धभत्ताको सुविधा लिन पाउने छैनन्। सरकारको यस्तो कदमले सामाजिक सुरक्षा प्रणालीमा केही कडाइ ल्याउने देखिएको छ भने अर्कोतर्फ केही नागरिकमा असन्तुष्टि पनि देखिएको छ।

वृद्धभत्ता उमेरको यो नयाँ सीमा आगामी आर्थिक वर्षदेखि लागू हुने बताइएको छ।

सरकारको यस्तो नीति परिवर्तनले वृद्ध नागरिकको जीवनशैली, आर्थिक सहारा र राज्यप्रतिको अपेक्षामा असर पार्ने प्रक्षेपण गरिएको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...