News Portal

अत्यधिक आयातले चुलियो व्यापार घाटा, चार महिनामा पेट्रोल मात्र ६९ अर्बको आयात

हिमाली संचार संवाददाता
८८२ पटक

एलिजा उप्रेती
काठमाडौं : व्यापार घाटा बढ्दै जानेक्रमले चालू आर्थिक वर्ष (२०७५/०७६) को चार महिनामा पनि निरन्तरता पाएको छ । चार महिनामा देशले ५ खर्ब १३ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेकोमा ९४.३ प्रतिशत आयातित व्यापार भएको छ ।

जब कि यो चार महिनामा निर्यात भने ५.७ प्रतिशत मात्र रहेको छ, अर्थात २९ अर्ब २८ करोड रुपैयाँको मात्र सामान निर्यात गर्न सकेको छ । यद्यपि, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले निर्यात गत वर्षको तुलनामा १०.७ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ सामान आयात हुँदा निर्यातको यो अवस्था निकै निराशाजनक देखिन्छ ।निकासी थोरै मात्रामा भए पनि बढ्नुको कारण कच्चा धागो, ऊनीको गलैँचा र तयारी पोसाक निर्यातमा भएको वृद्धि नै हो ।

चार महिनामा २ अर्ब ९३ करोड ३१ लाख ३३ हजार रुपैयाँ बारबरको कच्चा धागो नेपालले निर्यात भएको छ । यो भनेको १९ प्रतिशतको वृद्धि हो भने कुल निकासीमा यसको योगदान १० प्रतिशत हो । यसैगरी ऊनीको गलैँचा २ अर्ब ७६ करोड ४९ लाख ४५ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

चार महिनामा यो वस्तुको निर्यात १७.९ प्रतिशतले वृद्धि हो । गत वर्षको यसै अवधिमा यस्तो सामान २ अर्ब ३४ करोड ४२ लाख ७१ हजार रुपैयाँ थियो । अहिले सम्पूर्ण निर्यातमा यसको मात्र योगदान ९.४ प्रतिशत छ । तयारी पोसाक २ अर्ब ४० करोड रुपैयाँको निर्यात भएको छ ।

नेपालले निर्यात गर्ने ठाउँहरूमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, टर्की, चीन, बङ्गलादेश, इटाली जापान, फ्रान्स, क्यानडा, अस्ट्रेलिया, डेनमार्कलगायत रहेका छन् ।

४ महिनामा ६९ अर्बको पेट्रोलियम पदार्थ भित्रियो 

नेपालमा सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ अग्रस्थानमा रहेको छ । चालु आर्थिक वर्षको चार महिनामा ६९ अर्ब ७ करोड ५८ लाख ४२ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ ।

यो भनेको गत वर्षको यसै अवधिको तुलनामा ६८.२ प्रतिशतले वृद्धि हो । गत वर्षको चार महिनामा ४१ अर्ब ७ करोड १५ लाख ३५ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

दोस्रो धेरै आयात हुने वस्तुमा फलाम तथा फलामजन्य उत्पादन देखिएका छन् । यस्तो वस्तु चार महिनामा ५८ अर्ब २० करोड ४१ लख ४१ हजार रुपैयाँ बराबरको भित्रिएको छ ।

 यो गत वर्षको तुलनामा ६२ प्रतिशतले वृद्धि हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक सुयेस खनालले फलाम धेरै भित्रनुले देशमा विकास निर्माणका कामहरू अघि बढिरहेको बुझ्न सकिने बताउँछन् । अरू सामानमा जस्तो धेरै फलाम भित्रनुमा आत्तिनुपर्ने अवस्था नरहेको उनको तर्क छ ।

नेपालले भारत, चीन, फ्रान्स, यूएई, थाइल्यान्ड, इन्डोनेसिया, स्विटजरल्यान्ड, मलेसिया, क्यानडा, भियतनाम, अर्जेन्टिना, युक्रेनलगायतका देश रहेका छन् ।

चालु आर्थिक वर्षको चार महिनामा समग्र निर्यातमा केही सुधार देखिए पनि आयातमा अत्यधिक वृद्धिका कारण देशले चार महिनामा ४ खर्ब ५४ अर्ब ४७ करोड रुपैयाँ व्यापार घाटा बेहोर्नुपरेको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...