News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • राजनैतिक दलहरुले देशलाई मजाक बनाए

    कमला थापा
    १०३ पटक
    २०८२ जेठ ७ गते

    गणतन्त्रका मठाधिशहरुले देशलाई मजाक बनाएका छन्। हरेक कुरामा भागबण्डा गरेर देशलाई बर्वादिको मार्गमा पुर्याइसकेका पार्टिहरु लाज, सरम, धरम सबै पचाएर नागों नाच नाच्दैछन्। त्यसैले भनिन्छ सबै कुराको उपचार हुन्छ तर नकचराको न उपचार हुन्छ न त औषधि नै। १८ बर्षसम्म स्थानिय निकाय कर्मचारी संयन्त्रबाट चलईयो स्थानीय निकाय नहुदां निमुखा, निरिह ब्यक्तिहरुले नेताका दलाली गर्ने ब्यक्तिहरुबाट आफ्नो समस्या हल हुन्छ की भन्ने आशा गर्दै त्यस्ता ब्यक्तिहरु पछि लाग्न थाले। तिनैले जनता झुक्याउने ठग्ने र नेता कहाँ हत्ता पुर्याउने काम गर्न थाले, टोलटोलमा गुण्डा डनहरुको जन्म भयो। यो क्रम बिकशीत हदैं गाउँगाउँ सहरमा सहकारी, लघुबित्त र मिटर ब्याजी जन्मिए। त्यस्मा लगानी कर्ताहरु सानादेखि ठुलासम्म नेताहरु नै देखिए र यस्ता ब्यक्तिहरु सबै नेताका खल्तिमा अटाए। नेता भय, स्थानिय निकायहरु आज त्यस्तैबाट चल्दै छ। सेवाग्राहीहरु अलपत्र परेका छन् कुनै काम हुदै तिन तहको सरकार गफै चुटेर मात्र खाने भयो। उत्पन्न बिक्रितिले समस्याको सामाधान गर्नै नसक्ने गरि बिकराल रुपलियो। आखिर मर्ने त जनतानै भय। हामिले ल्याएको गणतन्त्र भनेर देश लुट्नेहरुलाई जनता प्रस्न गर्न पाउदैनन् जेलजानु पर्छ। यो हो नेपाली गणतन्त्रको असली रुप !

    “सरकारलाई र गठबन्धन पार्टनर दुबैलाई गभर्नर आफ्नो मान्छे बनाउनु थियो कारण स्पष्ट छ। किनकी बिदेशमा भएका नेपालीहरुले पठाउने रेमिट्यान्स महिनामा करिब २ अर्व भित्रिन्छ भने कालो धन खर्वौं भित्रिएको देखिन्छ। त्यसको हिसाव मिलानका लागि पनि आफ्नै विश्वास पात्र चाहिएको थियो।”

    अहिले देशको केन्द्रीय राष्ट्र बैंकको गभर्नर नियुक्ति १ डेढ महिनाको लामो चलखेल पछि ठुलै शुभलाभमा भयो। सरकारमा भएका गठबन्धन पार्टिका बिचमा कुरा नमिलेपछि बिचौलियाको भाउ निकै बढेको थियो। हरेक पद यसरी नै बिक्रिमा हुन्छन्। त्यसरी खरिद गरेर लिएको पदले अनि कसरी राष्ट्रको हितमा काम गर्छ ? गणतन्त्रमा पार्टि राष्ट्र हितको लागि हो की, राष्ट्र पार्टि हितको लागि ! कस्ले फैसला गर्ने ? अहिले सरकारलाई र गठबन्धन पार्टनर दुबैलाई गभर्नर आफ्नो मान्छे बनाउनु थियो कारण स्पष्ट छ। किनकी बिदेशमा भएका नेपालीहरुले पठाउने रेमिट्यान्स महिनामा करिब २ अर्व भित्रिन्छ भने कालो धन खर्वौं भित्रिएको देखिन्छ। त्यसको हिसाव मिलानका लागि पनि आफ्नै विश्वास पात्र चाहिएको थियो। जनताले हिजोदेखि बोल्दै आएका कुरा आज नेपाली कांग्रेसका बरिष्ठ नेता बोल्दै छन्। त्यसैले गभर्नर सबैलाई चाहिएको थियो। यसमा वाजी परराष्ट्रमन्त्री श्रीमती देउवाले मारेको देखिन्छ। जस्लाई गभर्नरको खांचो थियो। यदि गभर्नर आफ्नो हातमा नपाए कांग्रेस सरकारबाट बाहिरिने सम्मको घुर्की देखिदै थियो। त्यसैले एकदिन अगाडी बालुवाटारमा बोलाइएको बैठकमा देउवा गएनन्
    सरकार डराएर भोलिपल्टै कुरा मिल्यो। यसरी देश चलेको छ।

    “राष्ट्रको यस्तो दुर्गतिका बिषयमा आवाज उठाउनेहरुलाई सरकार झुठ्ठा आरोप लगाउँदै जेलहाल्छ। त्यस्को ज्वलन्त्त उदाहरण गत चैत्र १५ गते तिनकुने घटनालाई हेर्न सकिन्छ। शान्तिपूर्ण जन-आवाज दवाउनको लागि सरकारले आफ्नै भिजिलान्तेहरु खटाएर घटाईएको घटनामा अहिलेसम्म छानिछानी मान्छे पक्रिदै छ। त्यतिबेला थुनिएका अभियन्ताहरु सैयौं आजसम्म छुटेका छैनन्। पन्चायतकालमा पनी आस्थाका बन्दिहरुलाई हतकडी लगाईदैन थियो भने अहिले हतकडी लगाएको छ। बिभिन्न झुट्टा मुद्दा लगाउने भन्ने हल्ला चलाएका छन्। कसुर के हो ?”

    देश १८ बर्ष देखि यसरिनै चल्दै आएको छ। निर्वाचनमा टिकट बेच्ने त मामुली कुरा थियो। यहाँ राजदुत, आईजिपीदेखि हरेक सम्बैधानिक पदहरु बेचिन्छ। त्यो पनि खुलमखुल्ला कस्ले के गर्ने राज्य शक्ति उनै दलहरुको हातमा छ। बिचौलियाहरु नेताहरुको खल्तीमा छन्। कस्ले छुन सक्ने ? राष्ट्रको यस्तो दुर्गतिका बिषयमा आवाज उठाउनेहरुलाई सरकार झुठ्ठा आरोप लगाउँदै जेलहाल्छ। त्यस्को ज्वलन्त्त उदाहरण गत चैत्र १५ गते तिनकुने घटनालाई हेर्न सकिन्छ। शान्तिपूर्ण जन-आवाज दवाउनको लागि सरकारले आफ्नै भिजिलान्तेहरु खटाएर घटाईएको घटनामा अहिलेसम्म छानिछानी मान्छे पक्रिदै छ। त्यतिबेला थुनिएका अभियन्ताहरु सैयौं आजसम्म छुटेका छैनन्। पन्चायतकालमा पनी आस्थाका बन्दिहरुलाई हतकडी लगाईदैन थियो भने अहिले हतकडी लगाएको छ। बिभिन्न झुट्टा मुद्दा लगाउने भन्ने हल्ला चलाएका छन्। कसुर के हो ?

    यदि जेलमै हाल्ने हो भने पहिला त देशको प्रधानमन्त्री, बिपक्ष नेता प्रचण्ड, माधबकुमार नेपाल, बाबुराम भट्टराई लगाएतका सबै नेताहरुलाई जेल हाल्नुपर्छ। कारण उहाँहरुका आ-आफ्नै किसिमका भ्रष्टाचारदेखि बिभिन्न कसुर गरेबापत अख्तियारमा परेका उजुरीदेखि केहि अदालतमा पेश भैसकेका छन्। यो किन गरिदैन ? अहिले दरवारलाई लक्षित गर्दै नेताहरु अनर्गल बकवास गर्दैछन्। उहाँहरुको बोलीले त उक्त घटनाको कसुरदार नेतामाथि नै लक्षित गर्दछ। किनकी माओवादी जनहत्याले गाउँका निमुखा जनता सिध्यायो। राजधानीमा दरवार सिध्यायो। त्यसैले उहाँहरु अहिले आफ्नो कसुर लुकाउन नसक्ने अबस्थामा १२ बर्षमा पाप धुरीबाट करायझै बोल्दै हुनुहुन्छ। त्यसैले नेपाली जनताहरुलाई झुट बोलेर गुमराहमा राख्न खोजेको कसुरमा सामाजिक अपराध ऐनअन्तर्गत यी नेताहरुलाई जेलमा राखेर सख्त कारवाही गरिनुपर्छ। सत्ताको बागडोर सम्हालेका ब्यक्तिले राज्य शक्तिको आडमा मनपरी बोल्न पाईदैन। अभिब्यक्ति स्वतन्त्रताको दुरुपयोगक गरेको कसुरमा पहिला नेताहरुलाई सम्बन्धित निकायले नियन्त्रणमा लिने आदेश दिनुपर्ने देखिन्छ। हैन भने भोली जनतालेनै कारवाही गर्ने छन्। सरकारमा बसेर मनपरि गर्दै देशलाई मजाक बनाउन पाइदैन। यो देश सभ्य र स्वाभिमानी नेपाली जनताको हो । श्री पशुपतिनाथले सबैको रक्षा गरुन्। जय नेपाल।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ ८, २०८२ (मे २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    राजनैतिक दलहरुले देशलाई मजाक बनाए

    गणतन्त्रका मठाधिशहरुले देशलाई मजाक बनाएका छन्। हरेक कुरामा भागबण्डा गरेर देशलाई बर्वादिको मार्गमा पुर्याइसकेका पार्टिहरु...

    ‘लोडसेडिङ भयो’ भन्दै विदेशबाट आउने फोनले हैरान, मन्त्री खड्काको गुनासो

    काठमाडौं, जेठ ७ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का हालसालै विदेशमा रहेका केही नेपालीबाट...

    गौशालामा आठ सवारी ठोक्किँदा आठ जना घाइते, बस चालक फरार

    काठमाडौं, जेठ ७ – काठमाडौंको व्यस्त क्षेत्र गौशालामा बुधबार दिउँसो एक आपसमा ठोक्किँदै आठवटा सवारी...

    बलुचिस्तानमा स्कुल बसमा विस्फोट, तीन बालबालिकासहित पाँचको मृत्यु

    पाकिस्तानको अशान्त प्रान्त बलुचिस्तानको खुजदार सहरमा बुधबार बिहान एक हृदयविदारक घटना घटेको छ। स्कुलतर्फ गइरहेको...