News Portal

हरेक क्षेत्रमा पहुँच नभएसम्म महिलाहिंसा अन्त्य नहुने उपेन्द्र यादवको ठोकुवा

हिमाली संचार संवाददाता
६८१ पटक

विक्रम रौनियार
जनकपुरधाम : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शक्ति, सत्ता र सम्पतिमा पहुँच नभएसम्म महिलामाथि हुने हिंसा अन्त्य नहुने बताएका छन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा जनकपुरमा आयोजित १६ दिने लैङ्गिक हिंसाविरुद्धको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक समानताको अवधारण लागू गरिए मात्र लैङ्गिक हिंसा अन्त हुने बताए ।

उनले कुपरम्परा र गलत रितिरिवाजहरुले नै महिला हिंसालाई बढावा दिएको भन्दै यसका लागि समाज सच्चिएर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पुरुषवादी सोचको कारण लैङ्गिक हिंसामा वृद्धि भइरहेको उल्लेख गरे ।

उनले अहिले महिला मात्र नभइ पुरुष, तेस्रोलिङ्गीहरुसमेत हिंसामा परिरहेको बताए । मुख्यमन्त्री राउतले लैङ्गिक हिंसाको प्रारम्भ घरबाटै सुरु हुने गरेको भन्दै अभिभावक सचेत हुनुपर्ने बताए ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, प्रतिनिधिसभा सदस्य जुली महासेठ सहितको उपस्थिति रहेको थियो ।

दुई दिनसम्म चल्ने कार्यक्रममा प्रदेश भरिकै प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुखसहितको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...