News Portal

तीन जना सांसद निलम्बनमा, एक जना फरार : सहकारी ठगीदेखि भ्रष्टाचारसम्मका मुद्दा

हिमालीसंचार संवाददाता
२७३ पटक

काठमाडौं, जेठ १ – प्रतिनिधिसभाका तीन जना सांसद हाल निलम्बनमा परेका छन् भने एक जना फरार अवस्थामा छिन्। ती सांसदहरू विभिन्न आपराधिक तथा आर्थिक अनियमिततामा संलग्न रहेको आरोपमा कारबाहीको घेरामा परेका हुन्।

नवीनतम रूपमा नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स काण्डमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो। उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछाने निलम्बनमा परेका छन्। चितवन २ बाट निर्वाचित लामिछानेमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएपछि ८ पुस २०८१ देखि निलम्बनमा रहेका छन्।

यस्तै, नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रतिनिधिसभाबाट निलम्बनमा परेका हुन्।

सांसदहरूमध्ये एक जना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत भने फरार अवस्थामा छिन्। उनीमाथि विभिन्न सहकारी संस्थाबाट करोडौं रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएयता उनी सम्पर्कविहीन छिन्।

छिपछिपे उपभोक्ता सहकारी, चितवनको सनराइज सहकारी र बर्दियाको नमस्ते सहकारीमा भएका अनियमितता प्रकरणमा उनको नाम जोडिएको छ। प्रहरी अनुसन्धान अनुसार, ती सहकारी संस्थाबाट निकालेको झण्डै १६ करोड ५८ लाख रुपैयाँ बर्दियास्थित कृष्णसार रिसोर्टमा लगानी गरिएको थियो, जहाँ बस्नेत स्वयं सञ्चालक रहिएकी थिइन्।

फरार भए पनि सांसद बस्नेतले एक वर्षको अवधिमा १० लाखभन्दा बढीको तलब भत्ता लिएको तथ्य सार्वजनिक भइसकेको छ।

प्रतिकृया दिनुहोस्

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...