News Portal

नव-निर्वाचित एनआरएनए कार्यसमितिद्वारा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

हिमालीसंचार संवाददाता
२५४ पटक

काठमाडौं, वैशाख ३१ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को नव-निर्वाचित कार्यसमितिले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको ध्यानाकर्षण गराएको छ। अध्यक्ष महेश कुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले सिंहदरबारमा मन्त्री राणालाई भेटी संस्थागत गतिविधिबारे जानकारी गराउँदै ज्ञापनपत्र बुझाएको हो।

अध्यक्ष श्रेष्ठले निर्माणाधीन ‘एनआरएनए ऐन’ सम्बन्धी संस्थागत सुझावहरू मन्त्रीलाई हस्तान्तरण गरेका थिए।

त्यसैगरी, एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिले हालका गतिविधिबारे जानकारी दिँदै मन्त्रालयले निर्वाचित कमिटीसँग सहकार्य गर्ने वातावरण निर्माण गर्न पहल थाल्न आग्रह गरेको प्रवक्ता गंगाधर गौतमले जानकारी दिए।

महासचिव बाबुराम (बीआर) लामाका अनुसार, एकता महाधिवेशनबाट पारित ‘काठमाडौं घोषणापत्र’ कार्यान्वयन गर्ने र विदेशमा रहेका नेपालीहरूको मुद्दाहरू सम्बोधन गर्न परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराइएको हो।

कार्यसमितिको विवरण समेत हस्तान्तरण गर्दै विभिन्न निकायहरूसँग पत्राचार गरिदिन अनुरोध गरिएको थियो। जवाफमा मन्त्री राणाले एनआरएनएको वर्तमान कार्यसमितिसँग सरकार सहकार्य गर्दै अघि बढ्ने बताउँदै उठाइएका विषयहरू सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...