News Portal

विप्लवका लेखकको राष्ट्रिय सम्मेलन सम्पन्न, दुलालको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति गठन

हिमाली संचार संवाददाता
५८६ पटक

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघको एउटा घटक संगठन– अखिल नेपाल लेखक संघको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

राजधानीमा सोमबार सम्पन्न सम्मेलनले शोभा दुलालको अध्यक्षतामा लम्जेल ‘संघर्षशील’ उपाध्यक्ष, खोमा तरामु मगर महासचिव, मुक्तान थेबा सचिव र प्रतिबद्ध कोषाध्यक्ष रहेको २९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नेकपाका केन्द्रीय सदस्य एवं उपत्यका विशेष ब्युरो इन्चार्ज माइला लामाले सम्मेलनको उदघाटन गरेका थिए ।

सम्मेलनमा महासंघका निवर्तमान महासचिव खेम थपलियाले विधान र प्रतिवेदन प्रस्तुत गरेका थिए । महासंघ र पार्टीले लिएका लक्ष्य पूरा गर्न संघले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता नवनिर्वाचित अध्यक्ष दुलालले जनाइन् ।

डा. शिवशंकर बस्याल, प्रसिद्ध शर्मा, भीम भारती, करन दयाल, मणि शर्मा, सीता विक ‘सम्झना’, सिद्ध खड्का, जानकी दहित, प्रदीप जैसी, पूर्ण इन्फादा, अम्बिका पाठक, एसके श्रेष्ठ, बीपी विद्रोही, गणेश लोहार, ध्रुवलाल शर्मा, युवराज नास्तिक, ममता सुर्खेती, रामप्रसाद खनाल, प्रतिमा गहतराज, कुमार धामी, ज्ञानु केसी र अम्बिका राई केन्द्रीय सदस्य चयन भएका छन् ।

सम्मेलनले अश्लील साहित्यको प्रकाशन–प्रशारण तथा नेपाल र संसारभरका मार्क्सवादी लेखक–स्रष्टामाथि भएको दमन बन्द गर्न, भारतीय जेलमा राखिएका बरबर राव, गौतम नौलखा लगायतका सबै स्रष्टाहरूलाई तत्काल विनाशर्त रिहा गर्न, सरकारी ढुकुटी खर्च गरी गठन गरिएका प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन लगायतका स्थानमा भएको भ्रष्टाचार र अनियमितता अन्त्य गर्न, भ्रष्टहरूमाथि कडा कारबाही गर्न, प्रज्ञा प्रतिष्ठानमा राखिएको भारतीय झन्डा तत्काल हटाउन, स्रष्टाहरूमाथि लादिएको एनजीओकरण–आईएनजीओकरण तथा आदर्शवादीकरण अन्त्य गर्न माग गरेको छ ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...