News Portal

राप्रपाको विरोध प्रदर्शन बल्खुमा हुने, प्रशासनको निषेधपछि विकल्प रोजियो

भृकुटीमण्डपमा प्रदर्शनको अनुमति नपाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध कार्यक्रम बल्खुमा सार्ने निर्णय गरेको छ।

संगीता गुरुङ
२९५ पटक

काठमाडौँ, चैत्र २५ – भृकुटीमण्डपमा प्रदर्शनको अनुमति नपाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध कार्यक्रम बल्खुमा सार्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सुरक्षाका कारण देखाउँदै प्रदर्शन भृकुटीमण्डपमा गर्न नपाइने निर्णय गरेपछि राप्रपाले नयाँ स्थलको रूपमा बल्खु रोजेको हो।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले सरकारले अधिनायकवादी शैली अपनाउँदै जनताको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको आरोप लगाए। उनले भने, “हामी शान्तिपूर्ण प्रदर्शन गर्न लागेका हौँ। त्यसैले स्थान जहाँ भए पनि फरक पर्दैन।”

श्रेष्ठका अनुसार विरोध कार्यक्रम अहिंसात्मक रूपमा सञ्चालन गरिनेछ र आन्दोलनको स्वरुप लोकतान्त्रिक मूल्य र मान्यताभित्र सीमित रहनेछ।

यसअघि, प्रशासनले आइतबार राप्रपालाई सिफल वा बल्खु क्षेत्र रोज्न सुझाव दिएको थियो। राप्रपाले प्रशासनको रोकप्रति असन्तुष्टि जनाउँदै बल्खुमा प्रदर्शन गर्ने तयारी पूरा गरेको जनाएको छ।

राप्रपाले सरकारले आवाज दबाउने नीति लिएको भन्दै आन्दोलनलाई शान्तिपूर्ण तरिकाले अघि बढाइने स्पष्ट पारेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...