News Portal

आजको राशिफल

आज चैत्र २२, २०८१ (अप्रिल ४, २०२५) को राशिफल यस प्रकार रहेको छ:

हिमालीसंचार संवाददाता
२५० पटक

आज चैत्र २२, २०८१ (अप्रिल ४, २०२५) को राशिफल यस प्रकार रहेको छ:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

व्यापार व्यवसायमा प्रगति हुनेछ। शुभचिन्तकहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा सानोतिनो बाधाले मन अप्रसन्न रहनेछ। हतारमा लिएका निर्णयहरू परिवर्तन गर्नु पर्ला। (शुभ रंग: हरियो, शुभ अंक: १)

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):

सम्बन्धमा चलिरहेको वाद विवाद सुल्झीनेछ। शत्रुहरू परास्त हुनेछन्। कार्यक्षेत्रमा भावुकतामा आएर निर्णय नलिनुहोला। मित्रहरूको साथमा रमाइलो समय व्यतीत हुनेछ। (शुभ रंग: गुलाबी, शुभ अंक: २)

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):

कार्यक्षेत्रमा अनुभवको फाइदा मिल्नेछ। अरुले आफ्नो स्वार्थ पूरा गर्न उपयोग गर्लान्, सजग रहनुहोस्। कीर्तिमान कार्य गर्ने अवसर जुट्नेछ। (शुभ रंग: हल्का निलो, शुभ अंक: ३)

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

वैदेशिक यात्रा सफल रहनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस्। (शुभ रंग: पहेलो, शुभ अंक: ४)

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

नोकरी वा पेशामा अधिकारी वर्गहरू कार्यबाट प्रसन्न हुनुहुनेछ। सहयोगी वर्गहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। (शुभ रंग: केशरी, शुभ अंक: ३)

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):

रोकिएको कार्य प्रारम्भ हुनेछ। कार्यक्षेत्रमा पिताको साथ र सहयोग मिल्नेछ। आम्दानीका स्रोतहरू बन्नेछन्। चलचित्र वा मिडियाको क्षेत्रमा विशेष सफलता पाइनेछ। (शुभ रंग: बैजनी, शुभ अंक: ४)

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):

धैर्य र आत्मविश्वासले अगाडि बढ्नुहोस्, सफलता मिल्नेछ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा शिक्षकको साथ र सहयोग मिल्नेछ। विशेष सफलताको लागि केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ। (शुभ रंग: सुन्तला, शुभ अंक: १)

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):

अप्ठ्यारा परिस्थितिहरूसँग सम्झौता गर्नुपर्ला। प्रतिभाको उच्च मूल्याङ्कन हुनेछ। कानुनी मामलाहरूमा पक्ष कमजोर होला। कृषिमा र पशुधनबाट लाभ आर्जन गर्न सकिनेछ। (शुभ रंग: रातो,  शुभ अंक: १)

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):

साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। विद्यार्थी वर्गहरू समयको वेवास्ता नगर्नुहोला, पछाडि पर्न सक्नुहुनेछ। स्वास्थ्यमा खानपिनमा सावधानी राख्नुहोस्। (शुभ रंग: पहेलो, शुभ अंक: ६)

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि):

प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। नयाँ नोकरी पाउन सफल हुनुहुनेछ। अध्ययन अध्यापनमा मन लाग्नेछ। (शुभ रंग: नीलो, शुभ अंक: १)

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):

जोखिम लिएर कुनै कार्य प्रारम्भ नगर्नुहोला। प्रतियोगितामा सफलता मिल्नेछ। रोजगार र व्यापारको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँग घुम्ने योजना बन्ने योग छ। (शुभ रंग: बैजनी, शुभ अंक: १)

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):

राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिएला। साहित्य वा कलाको क्षेत्रबाट लाभ मिल्नेछ। (शुभ रंग: गाढा पहेलो, शुभ अंक: ८)

तपाईंको दिन शुभ रहोस्!

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...