News Portal

कम्युनिस्ट सरकारका पर्यटन मन्त्री अधिकारी आफ्नै निर्वाचन क्षेत्रमा बने कालो झण्डाको सिकार

हिमाली संचार संवाददाता
६०१ पटक

पोखरा : कम्युनिस्ट सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई आफ्नै गृहजिल्ला कास्कीमा कालो झण्डाको सामना गर्नु परेको छ ।

नयाँ शक्ति पार्टी नेपालको भ्रातृ संगठन नयाँ शक्ति विद्यार्थी युनियनले सोमबार दिउँसो मन्त्री अधिकारी लाई कालोझण्डा देखाएर विरोध जनाएका हुन् । आफैले जितेको निर्वाचन क्षेत्रमा कालोझण्डाको सामना गर्नु परेपछि मन्त्री अधिकारी तनावमा परेको रिपब्लिकदैनिकले जनाएको छ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितताको आरोप खेपिरहेका कम्युनिस्ट मन्त्री अधिकारीलाई विद्यार्थीले पोखराको सिर्जनाचोकमा कालो झण्डा देखाएको प्रहरीले जनाएको छ ।

अधिकारी पार्टी प्यालेसमा आयोजित पूर्वाधार विकास साझेदारी कार्यक्रमको पत्रकार सम्मेलनमा जाने क्रममा कालो झण्डाको सामना गरेका हुन् ।

मन्त्री अधिकारीलाई कालो झण्डा देखाउने आधा दर्जन विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले बताए ।

पक्राउ पर्नेमा युनियनका केन्द्रीय महासचिव नेत्र चापागाइँ, सचिव रेशम सापकोटा, जिल्ला संयोजक विशाल तिमिल्सिना, केन्द्रीय सदस्य नरेन्द्र बस्याल, पृथ्वीनारायण क्याम्पस आधार संगठनका अध्यक्ष कृष्ण अधिकारी र तेजेन्द्र भट्टराई रहेका छन् ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...