News Portal

कम्युनिस्ट सरकारका पर्यटन मन्त्री अधिकारी आफ्नै निर्वाचन क्षेत्रमा बने कालो झण्डाको सिकार

हिमाली संचार संवाददाता
५३६ पटक

पोखरा : कम्युनिस्ट सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई आफ्नै गृहजिल्ला कास्कीमा कालो झण्डाको सामना गर्नु परेको छ ।

नयाँ शक्ति पार्टी नेपालको भ्रातृ संगठन नयाँ शक्ति विद्यार्थी युनियनले सोमबार दिउँसो मन्त्री अधिकारी लाई कालोझण्डा देखाएर विरोध जनाएका हुन् । आफैले जितेको निर्वाचन क्षेत्रमा कालोझण्डाको सामना गर्नु परेपछि मन्त्री अधिकारी तनावमा परेको रिपब्लिकदैनिकले जनाएको छ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितताको आरोप खेपिरहेका कम्युनिस्ट मन्त्री अधिकारीलाई विद्यार्थीले पोखराको सिर्जनाचोकमा कालो झण्डा देखाएको प्रहरीले जनाएको छ ।

अधिकारी पार्टी प्यालेसमा आयोजित पूर्वाधार विकास साझेदारी कार्यक्रमको पत्रकार सम्मेलनमा जाने क्रममा कालो झण्डाको सामना गरेका हुन् ।

मन्त्री अधिकारीलाई कालो झण्डा देखाउने आधा दर्जन विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले बताए ।

पक्राउ पर्नेमा युनियनका केन्द्रीय महासचिव नेत्र चापागाइँ, सचिव रेशम सापकोटा, जिल्ला संयोजक विशाल तिमिल्सिना, केन्द्रीय सदस्य नरेन्द्र बस्याल, पृथ्वीनारायण क्याम्पस आधार संगठनका अध्यक्ष कृष्ण अधिकारी र तेजेन्द्र भट्टराई रहेका छन् ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...