News Portal

सर्जल चुर्ण पुन मगरको “ज्यान बचाउनै गाह्रो छ मलेसियामा” गीत सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
६७६ पटक

काठमाडौं : सल्यानमा जन्मिएका चुर्ण पुन मगर, हाल बर्दियामा बसोबास गर्दै अाएका छन् । रोजगारीको शिलशिलामा प्रवासमा रहेपनि सानै देखि गीत संगीत तथा साहित्य सिर्जना प्रति रुचि राख्ने सच्चा लेखक पनि हुन ।

साहित्य सिर्जनाका लहरहरु फेसबुक तथा टुइटरका भित्ताहरुमा सजाउदै अाएका पुनले, मगरहरुको पहिलो कृर्ति झोर्ले संयुक्त गजल संग्रहमा अाफ्नो शब्द राख्न सफल भएका छन्,भने फुट्करमा धेरै कृर्तिहरुमा अाफ्नो शब्द राखिसकेका छन् ।

गीत लेखनमा पहिलो प्रयास “अाउ है सानू अनलाइन रोधीघर” बाट सुरु भएको उनको साङ्गितिक यात्रा “पाखै भरि फुलेको प्याउलिको फुल” हुँदै यो पटक “ज्यान बचाउनै गाह्रो छ मलेसियामा” भन्ने गीतको शब्द सिर्जना गरेका हुन् ।

सुखल भट्टराई र सावित्रा रिमालको संयुक्त प्रस्तुतिमा बजारमा ल्याउनु भएको छ, लाखौं श्रमजीवी नेपाली दाजुभाई बाध्यताले मलेसियामा श्रम बेच्नु पर्ने यो अवस्थामा यहाँ कार्यरत हजारौं श्रमकले भोग्नु परेको सास्ती र चरम श्रम शोषणको उपज, एउटै अावाज बोल्ने “ज्यान बचाउन गाह्राे छ मलेसियामा” कारुणिक गीति संग्रह बजारमा ल्याएका छन।

रोजगारीका लागि सबैको ध्यान केन्द्रित रहेको मलेसिया यतिबेला सबैले छिछि गरिरहेका छन् । लाखौंको संख्यामा मलेसियामा कार्यरत रहेका दाजुभाइ वर्षेनी सयौंको संख्यामा अकालमा ज्यान गुमाउनु परेको छ भने कति कुटपिटमा परेका छन् । मोबाइल गायब भएका छन्, कसैको ज्यान समेत गुमाएका छन् । धेरैको यहीँ कथन छ ज्यान जोगाउन गाह्रो छ मलेसियामा ।

प्रियसी म्युजिक प्रालिले बजारमा ल्याएको यस गीतमा सर्जक चुर्ण पुन मगरले सम्पूर्ण परदेशीहरुका पिडालाई शब्दमा समेटेर जनचेतनामूलक सन्देश दिने कोसिस गरेका छन् भने गायक सुखल भट्टराई र गायिका सिर्जना हुमगाइको आवाजमा सजिएको यस गीतमा लय सावित्रा रिमालले भरेकि छन् । गोमा मगर, हिरु अाले मगर र बबिता मोक्तानको बिशेष सहयोगमा उक्त गीत तयार पारीएको हो।

रमा थपलिया र बुद्धि वीर थापाको अभिनय रहेको छ । बबिता श्रेष्ठको निर्देशन, मुकेश हुमगाइको भिडियो छायाङकनमा महत्त्वपूर्ण भुमिका रहेको छ ।

गीतको पूरा भिडियो हेर्नहोस।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...