News Portal

कैलालीमा ४३ हजारलाई स्मार्ट लाइसेन्स वितरण

हिमाली संचार संवाददाता
६१६ पटक

कैलाली : आर्थिक वर्ष ०७४/७५ को साउन महिनादेखि वितरण सुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झण्डै ४३ हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ ।

सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख विसनसिङ थापाले चालु आव ०७५/७६ को कात्तिक मसान्तसम्म स्मार्ट लाइसेन्सका लागि करिब ६७ हजार जनाले आवेदन दिएका थिए । सोही अवधिसम्म ४२ हजार आठ सय ७६ थान लाइसेन्स वितरण गरिएको छ ।

सुरुआतमा लाइसेन्स नवीकरण गर्नेलाई मात्र स्मार्ट लाइसेन्स वितरण गरिँदै आए पनि हाल भने नयाँ लाइसेन्सका लागि आवेदन दिने, प्रतिलिपी बनाउने, थप सवारी चालक अनुमति पत्र बनाउने लगायतलाई स्मार्ट लाइसेन्स वितरण गरिँदै आएको बताए ।

त्यसैगरी सेती अञ्चल यातायात कार्यालयले चालु आवमा हालसम्म झण्डै रु १२ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयले सवारीसाधन कर, चालक अनुमति पत्र दस्तुर, सवारी दर्ता किताब सम्बन्धी दस्तुर, यातायात क्षेत्रको आम्दानी, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने कर लगायतका राजश्व शीर्षकबाट १२ करोड ३८ लाख ७५ हजार राजश्व सङ्कलन गरेको हो । रासस

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...