News Portal

आजको राशिफल

आज चैत्र १८, २०८१ (मार्च ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ:

हिमालीसंचार संवाददाता
२१३ पटक

आज चैत्र १८, २०८१ (मार्च ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अनावश्यक शंका हितकारी नहोला। अधिकारीहरूको समक्ष प्रतिभा देखाउनमा सफलता मिल्नेछ। अड्किएका कार्य सजिलै प्रारम्भ हुनेछन्। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। (शुभ रङ: रातो, शुभ अंक: १)

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले कार्य गर्नुहोस्, सफलता मिल्नेछ। घरपरिवारसँग जोडिएका मामलाहरूमा हतारमा निर्णय नलिनुहोला। गुमाएको प्रतिष्ठा प्राप्त गर्न संघर्ष गर्नुपर्ला। (शुभ रङ: गुलाबी, शुभ अंक: २)

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

रचनात्मक कार्यहरूमा रुचि बढ्नेछ। नोकरी वा पेशामा नयाँ उपलब्धि प्राप्त गर्न सकिनेछ। इष्टमित्र र आफूभन्दा सानाको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। (शुभ रङ: सेतो, शुभ अंक: ४)

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

विशिष्ट व्यक्तिहरूको सल्लाहलाई ध्यान दिनुहोस्। कार्यक्षेत्रमा सानोतिनो बाधा उत्पन्न हुनेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। (शुभ रङ: हल्का पहेँलो, शुभ अंक: ३)

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कार्यक्षेत्रमा अधिकारीबाट प्रशंसा पाइनेछ। यात्रा गर्दा नचिनेका मान्छेको विश्वास नगर्नुहोला। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। (शुभ रङ: हरियो, शुभ अंक: २)

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

रोजगारबाट लाभ प्राप्त हुनेछ। प्रशासनिक काममा बाधा आउनेछ। सवारी साधनमा धन खर्चका योग छन्। आम्दानीभन्दा खर्चमा वृद्धिले मन अशान्त रहनेछ। व्यापार व्यवसायमा सोचविचार गरेर निर्णय लिनुहोला। (शुभ रङ: हल्का हरियो, शुभ अंक: ७)

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

दाम्पत्य जीवन सुमधुर रहनेछ। युवावर्गको नयाँ प्रेम प्रसंग प्रारम्भ होला। कार्यक्षेत्रमा रोकिएको कार्य प्रारम्भ हुनेछ। साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। (शुभ रङ: गुलाबी, शुभ अंक: २)

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

लक्ष्य प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन्। पिताको सहयोग मिल्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। (शुभ रङ: हरियो, शुभ अंक: ३)

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

घरपरिवारमा मांगलिक वा धार्मिक कार्यक्रममा सहभागी हुनाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा नयाँ योजनाहरू क्रियान्वित गर्ने समय रहेको छ। विद्यार्थीहरूलाई पढाइमा मन नलाग्न सक्छ। (शुभ रङ: केसरी, शुभ अंक: ५)

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

मानसिक परेशानीहरूबाट मुक्ति मिल्नेछ। नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। आयस्रोत सबल रहनेछ। (शुभ रङ: नीलो, शुभ अंक: ८)

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको साथ मिल्नेछ। फजुल खर्च बढ्नेछ। आफन्तहरूमाझ रमाइलो समय बित्नेछ। (शुभ रङ: बैजनी, शुभ अंक: ६)

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आर्थिक पक्ष सबल रहनेछ। सरकारी वा वित्तीय क्षेत्रबाट लाभ मिल्नेछ। राज्य पक्षबाट सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिको सल्लाहले रोकिएको काम प्रारम्भ हुनेछ। बौद्धिक क्षेत्रमा तपाईंको उच्च स्थान रहनेछ। (शुभ रङ: केसरी, शुभ अंक: ९)

तपाईंको दिन शुभ रहोस्!

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...