News Portal

निर्मला बलात्कारसम्बन्धी समाचार सरकारी मिडियामा नल्याउन मन्त्री बास्कोटाको निर्देशन

हिमाली संचार संवाददाता
५८९ पटक

काठमाडौं : ओली सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटा निर्मला पन्तसम्बन्धी समाचार सरकारी मिडियामा नल्याउन निर्देशन दिएका छन् ।

अंग्रेजी राष्ट्रिय दैनिक रिप्ब्लिकाको हिजोको प्रिन्टअनुसार केही समयअघि मन्त्रिपरिषद् बैठकको निर्णय सात दिनपछि मात्र सुनाउने भनेर चर्चामा आएका बास्कोटाले हालै सरकारी सञ्चारमाध्यमहरू गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समितिमा निर्मला पन्त बलात्कारपछि हत्याका सामग्रीलाई स्थान नदिन निर्देशन दिएको बताइएको छ ।

निर्मला प्रकरणसम्बन्धी समाचारले सरकारको लोकप्रियतामा ह्रास आएको भन्दै त्यससम्बन्धी समाचार, आलोचनात्मक लेख केही नदिन उनले निर्देशन दिएको रेडियो नेपालका एक पत्रकारले जानकारी दिए ।

मन्त्री बास्कोटाले निजी सञ्चारमाध्यमले निर्मला पन्त प्रकरणलाई प्रमुख स्थान दिएको भन्दै आक्रोश व्यक्त गरेका थिए । सरकारी सञ्चारमाध्यमले निर्मला पन्तसम्बन्धी सामग्री नदिँदा सरकारलाई रचनात्मक सहयोग पुग्ने उनको अपेक्षा थियो । मन्त्री बास्कोटाको सो निर्देशनलगत्तै चारवटा सरकारी सञ्चारमाध्यममा निर्मला पन्त प्रकरणका सामग्री ‘ब्ल्याक आउट’ भएको छ ।

अंग्रेजी राष्ट्रिय दैनिक रिप्ब्लिकाका अनुसार हिजो आइतबारको संस्करणमा गोरखापत्रले निर्मलाको बुवा सम्बन्धि कुनै पनि समाचारहरु कभर नगरेको दाबि गरेको छ ।

सामाजिक संजालमा मन्त्रि बाँस्कोटाको चर्को आलोचना शुरु भैसकेको छ , मन्त्रि बाँस्कोटाको आदेशलाई गैरजिम्मेवार हर्कतको सबै पराकाष्ठ नाघेको आरोप लगाएका छन् सामाजिक संजाल प्रयोगकर्ताहरुले ।

दुई तिहाइ बहुमतको केपी ओली नेतृत्वको सरकारलाई सबैभन्दा बढी आलोचित र विवादमा पार्ने मुख्य प्रकरण निर्मला पन्तको हत्या घटना भएको छ । निर्मलाको बलात्कारपछि हत्या भएको सोमबार चार महिना पुगेको छ ।

तर, अहिलेसम्म उनको बलात्कार र हत्यामा संलग्नको पहिचान गर्न प्रहरीले सकेको छैन । प्रहरीको उच्च अधिकृतको नेतृत्व अहिले पनि निर्मला पन्त हत्याका दोषी खोजीकार्य भइरहेको छ । तर, सबै प्रमाण नष्ट पारिसकेकाले प्रहरीको प्रयास निरर्थक बन्दै गएको छ ।

विज्ञान र प्रविधिको चरम बिकाशले गर्दा अहिलेका हरेक नागरिक आफैमा समाचारको श्रोत हो भने कुरा ओली सरकारका प्रवक्ताले बिर्सनु दुर्भाग्य हो ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...