News Portal

  • कुलमान हटाइएपछि उठेका प्रश्नमा ओली: ‘केही अर्थ छैन’

    हिमालीसंचार संवाददाता
    २१९ पटक

    काठमाडौं, चैत्र १२ – प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सानातिना विषयलाई अनावश्यक रूपमा ठूलो मुद्दा बनाउने प्रवृत्ति हावी भएको बताएका छन्। मंगलबार बालुवाटारमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर अनावश्यक हल्ला मच्चाइएको टिप्पणी गरे।

    प्रधानमन्त्री ओलीले भने, “केही समूहहरू इस्यु खोजिरहेका छन्। तिललाई पहाड बनाउने प्रवृत्ति मौलाउँदै गएको छ। सरकारले जनताको हितका लागि इमानदारपूर्वक काम गरिरहेको छ, तर ससाना विषयलाई अतिरञ्जित गर्ने चलनले विकासको यात्रामा अवरोध सिर्जना गर्छ।

    उनले विद्युत् क्षेत्रमा पछिल्लो समय भएका परिवर्तनहरू कुनै एक व्यक्तिको कारणले मात्र नभई निरन्तरको योजनाबद्ध कार्यसम्पादनको नतिजा भएको स्पष्ट पारे। “पहिलो चार वर्षमा पनि उस्तै काम भएको थियो। अचानक नियुक्ति पाउनेबित्तिकै जादुजस्तो परिवर्तन आएको होइन,” उनले भने।

    यसक्रममा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति पनि टिप्पणी गर्दै लोकतन्त्रलाई थप परिष्कृत गर्दै अघि बढ्नुपर्ने बताए। “अब सामन्ती सोचमा अड्केर देश अगाडि बढ्दैन। लोकतन्त्रकै सुदृढीकरण गर्दै हामी अघि बढ्नेछौं,” उनको भनाइ थियो।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...

    ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

    काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा...