News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • दलितको घर भत्काइएको घटनामा संसदीय छानबिनको माग

    दलितको घर भत्काइएको घटनामा सांसदहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

    हिमालीसंचार संवाददाता
    ७६ पटक

    काठमाडौं, १० चैत्र – सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ आयोजना गर्ने क्रममा स्थानीय दलित समुदायका दीपक मल्लिकको घर भत्काइएको घटनाले राष्ट्रिय सभामा चर्को बहस निम्त्याएको छ। सांसदहरूले सो घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

    राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा सांसद घनश्याम रिजालले जातीय विभेद र अमानवीय व्यवहारलाई कानुनी कठघरामा उभ्याउनुपर्ने बताएका छन्। उनले घटनामा संलग्न बजरङ्गी बाबा लगायतलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

    त्यस्तै, सांसद विष्णुदेवी पुडासैनी र विष्णुबहादुर विश्वकर्माले महायज्ञको नाममा दलित समुदायलाई लक्षित गरी घर भत्काउनु आपराधिक कार्य भएको भन्दै दोषीहरूलाई कडा कारबाही गर्न माग गरे। सांसद विश्वकर्माले गाउँपालिका अध्यक्षलाई पदच्युत गर्न र घटनामा संलग्नलाई पक्राउ गर्न सरकारको ध्यानाकर्षण गराए।

    यसैबीच, सांसद मनरुपा शर्माले म्याग्दीको बेनी नगरपालिकामा १९ वर्षीया मीना परियारको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्नुपर्ने बताइन्। सांसद रुक्मिणी कोइरालाले नसर्ने रोगहरूको रोकथामका लागि सरकारलाई विशेष योजना ल्याउन आग्रह गरिन्।

    सांसद रेणु चन्दले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधि सभामा पठाइएपछि अत्तोपत्तो नभएको भन्दै सरकारसँग स्पष्टीकरण माग गरिन्। सांसद विष्णुकुमारी सापकोटाले गुल्मीका उखु किसानहरूलाई व्यवसायिक उत्पादनमा प्रोत्साहित गर्नुपर्नेमा उल्टै दुःख दिइएको भन्दै आपत्ति जनाइन्।

    सांसद कृष्णबहादुर रोकायाले मध्यपहाडी राजमार्गअन्तर्गत भेरी नदीमा चौरजहारी-जाजरकोट जोड्ने पुल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए।

    सांसद श्रीकृष्णप्रसाद अधिकारीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संसद्मा पुनः लोडसेडिङ हुने आशंका व्यक्त गर्नु गलत भएको बताए। अन्य सांसदहरू पूजा चौधरी, बलदेव बोहरा, र सावित्री मल्लले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

     

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख २७, २०८२ (मे १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    पूर्वराजालाई जरिवाना : राजावादी समर्थकले संकलन गरे रकम, तर महानगरसँग चर्कियो असहमति

    काठमाडौं, वैशाख २६ – चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको आन्दोलनलाई लिएर महानगरपालिकाले पूर्वराजा...

    भारत–पाकिस्तान तनावका कारण मध्यपूर्वबाट नेपाल आउने हवाई मार्ग लम्बियो, भाडा बढ्ने सम्भावना

    काठमाडौं, वैशाख २६ – भारत र पाकिस्तानबीच बढ्दो राजनीतिक तथा सैनिक तनावले हवाई आवागमनमा प्रत्यक्ष...

    आरआर क्याम्पसमा तोडफोड : नेविसंघका १९ जना कार्यकर्तामाथि पक्राउ पुर्जी जारी

    काठमाडौं, वैशाख २६ – प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा केही दिनअघि भएको तोडफोड घटनामा संलग्न रहेको...

    श्वेतपत्रले खोल्यो विद्युत् प्राधिकरणको वास्तविक अवस्था : मन्त्री दीपक खड्का

    काठमाडौं, वैशाख २६ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणको आर्थिक तथा प्रशासनिक...