News Portal

पूर्वराजाको शाही निशान प्रयोग: सांसद खतिवडाले सरकारसँग कारवाहीको माग गरे

हिमालीसंचार संवाददाता
२०४ पटक

काठमाडौं, चैत्र ७ – पूर्वराजा ज्ञानेन्द्र शाहले हालै सार्वजनिक गरेको भिडियो सन्देशमा शाही निशान र श्री ५ महाराजधिराजको उल्लेख गरेको विषयमा विवाद उठेको छ। सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले यसलाई संविधानविपरीत बताउँदै सरकारसँग कारवाहीको माग गरेका छन्।

प्रतिनिधि सभामा बोल्दै खतिवडाले भने, “पूर्वराजाले फागुन ६ गतेको भिडियोमा श्री ५ महाराजधिराजको नाम उल्लेख गरेका छन् र शाही निशानको प्रयोग देखिएको छ। यो निशान २०६५ सालमा हटाएर राष्ट्रिय झण्डा राखिएको थियो, र नेपालको संविधानमा श्री ५ महाराजधिराजको कुनै उल्लेख छैन।”

खतिवडाले यसलाई संविधानको उल्लंघन मान्दै तत्काल प्रभावमा यस्तो क्रियाकलाप बन्द गर्न आग्रह गरेका छन्। उनका अनुसार, “पूर्वराजाले शाही निशानको अपमान गर्दै त्यसको प्रयोग गरेका छन्, जसले नेपालको राष्ट्रिय ध्वजाको गरिमामा धक्का पुर्याउँछ।”

सांसद खतिवडाले यो प्रकरणलाई गम्भीर रूपमा लिएर सरकारसँग कडा कदम चाल्न अनुरोध गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...