News Portal

गणतन्त्र स्थापनामा ज्ञानेन्द्रको ‘भिलेन’ भूमिका : प्रचण्ड

संगीता गुरुङ
२३७ पटक

काठमाडौं, चैत्र ५ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र स्थापनाको क्रममा तत्कालीन राजा ज्ञानेन्द्र शाहको भूमिका पनि रहेको बताएका छन्। उनले ज्ञानेन्द्रका कदमहरूले गणतन्त्रको मार्ग सहज बनाउन मद्दत पुगेको टिप्पणी गरे।

मंगलबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले ज्ञानेन्द्रका केही निर्णयहरूकै कारण राजनीतिक शक्ति सशक्त रूपमा अघि बढ्न सफल भएको उल्लेख गरे। “हामीले जनयुद्ध र जनक्रान्तिबाट गणतन्त्रको आधार तयार गरेका थियौं। तर, ज्ञानेन्द्रले गरेका केही मूर्खतापूर्ण निर्णयहरूले पनि त्यसलाई अझै बलियो बनाइदियो,” उनले भने।

उनको भनाइमा, यदि ज्ञानेन्द्रले राजनीतिक दलहरूमाथि कठोर दमन नगरेको भए वा नेताहरूलाई अपमानित नगरेको भए, राजतन्त्र केही वर्ष टिक्न सक्थ्यो। तर, उनका नीतिहरूले गणतन्त्र स्थापनाको प्रक्रिया तीव्र बनाइदियो।

राजतन्त्र पुनःस्थापनाको प्रयास ‘निरर्थक नाटक’

प्रचण्डले पछिल्लो समय राजतन्त्र पुनःस्थापनाका लागि भइरहेका गतिविधिहरूलाई ‘निरर्थक नाटक’को संज्ञा दिएका छन्। उनले भने, “यसरी राजतन्त्र फर्काउने प्रयासले नेपाली जनतालाई झन् सचेत बनाइरहेको छ। समाजवादको यात्रालाई अगाडि बढाउने प्रेरणा मिलिरहेको छ।”

उनले कुनै पनि कथा, उपन्यास वा फिल्म हिरो मात्र भएर नचल्ने उल्लेख गर्दै भिलेनको भूमिकासमेत महत्वपूर्ण हुने बताए। “अहिले राजावादीहरू भिलेनको भूमिकामा देखिएका छन्। उनीहरूको सक्रियताले नै क्रान्तिको यात्रामा नयाँ उर्जा थपिएको छ,” उनले थपे।

प्रतिकृया दिनुहोस्

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...