News Portal

महासचिव विप्लवको झापा भ्रमण: सीमावर्ती क्षेत्रमा जनसंवाद, अतिक्रमणबारे गम्भीर चासो

स्थानीय जनतासँग अन्तरक्रिया गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव' ले सीमा अतिक्रमण, भूमि व्यवस्थापन, सुरक्षा, र पूर्वाधार विकासका विषयमा गहिरो चासो व्यक्त गरेका छन्।

संगीता गुरुङ
३७३ पटक

चैत्र ३, झापा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ झापाको सीमावर्ती ग्रामीण क्षेत्रमा पुगेका छन्। स्थानीय जनतासँग अन्तरक्रिया गर्दै उनले सीमा अतिक्रमण, भूमि व्यवस्थापन, सुरक्षा, र पूर्वाधार विकासका विषयमा गहिरो चासो व्यक्त गरे।

महासचिव विप्लवले सीमावर्ती क्षेत्रमा राज्यको उपेक्षाप्रति असन्तोष व्यक्त गर्दै सीमा संरक्षणका लागि सशक्त पहल आवश्यक रहेको बताए। उनले यदि सरकारले वेवास्ता गरे कम्युनिस्ट आन्दोलनले नेतृत्व लिने चेतावनीसमेत दिए। साथै, शिक्षा, स्वास्थ्य, रोजगारी, र पूर्वाधार विकासका लागि नेकपा निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गरे।

उनको झापा भ्रमणलाई नेकपाले पार्टीको अग्रगामी आन्दोलनलाई सशक्त बनाउन महत्त्वपूर्ण अवसरको रूपमा लिएको छ। नेकपा झापा जिल्ला इन्चार्ज सुमनसिंह सीका अनुसार यो भ्रमणले झापालाई राष्ट्रिय राजनीतिको केन्द्रमा ल्याउन सहयोग गर्नेछ।

महासचिव विप्लवलाई भद्रपुर विमानस्थलमा नेकपाका किरात-लिम्बुवान प्रदेश इन्चार्ज दिपेश सीको नेतृत्वमा भव्य स्वागत गरिएको थियो। पार्टीका केन्द्रीय सदस्य अर्जुन सीले विप्लवको यो अभियान प्रतिक्रान्तिकारी गतिविधिलाई रोक्न र क्रान्तिकारी धारलाई मजबुत बनाउन निर्णायक हुने बताए।

राजनीतिक विश्लेषकहरूका अनुसार महासचिव विप्लवको झापा भ्रमणले समग्र राष्ट्रिय राजनीतिक परिदृश्यमा असर पार्ने सम्भावना छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...