News Portal

हिलेपोखरी आधारभूत विद्यालयको ३५औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

धादिङको गङ्गाजमुना गाउँपालिका-५, सुकभञ्ज्याङमा अवस्थित हिलेपोखरी आधारभूत विद्यालयको ३५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य समारोहका बीच सम्पन्न भएको छ।

हिमालीसंचार संवाददाता
२८८ पटक

चैत्र ३, धादिङ – धादिङको गङ्गाजमुना गाउँपालिका-५, सुकभञ्ज्याङमा अवस्थित हिलेपोखरी आधारभूत विद्यालयको ३५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य समारोहका बीच सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञ बहादुर भुजेलको अध्यक्षता तथा गङ्गाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो। साथै, गङ्गाजमुना गाउँपालिका प्रवक्ता एवं ५ नं. वडा अध्यक्ष कुमार बहादुर अधिकारी तथा शिक्षा अधिकृत मान बहादुर बोहरा विशेष अतिथिका रूपमा उपस्थित थिए।

प्रतियोगिताका विजेता सूची

३५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा वडा-स्तरीय विभिन्न प्रतियोगिताहरू सम्पन्न भए। कक्षा १-३ का विद्यार्थीहरूको म्युजिकल चियर प्रतियोगिता र कक्षा ४-५ का विद्यार्थीहरूको नृत्य प्रतियोगितामा ११ विद्यालयहरूको सहभागिता रह्यो।

म्युजिकल चियर प्रतियोगिता (कक्षा १–३)

प्रथम: सायल गुरुङ (ढाडखर्क आ.वि.)

द्वितीय: युनिशा गुरुङ (कुवापानी आ.वि.)

तृतीय: स्नेहा घले (सरस्वती आ.वि.)

सान्त्वना: मौसम बिक (मण्डली मा.वि.)

नृत्य प्रतियोगिता (कक्षा ४-५)

प्रथम: मण्डली मा.वि.

द्वितीय: सुन्दर आधारभूत विद्यालय

तृतीय: ढाडखर्क आधारभूत विद्यालय

सान्त्वना: हिलेपोखरी आधारभूत विद्यालय

हिलेपोखरी आधारभूत विद्यालयको संक्षिप्त इतिहास

यस विद्यालय साविकको फूलखर्क गाविस वडा नं. ६ मा अवस्थित छ। वि.सं. २०४५ मा स्थापना भएको विद्यालयलाई हिलेपोखरी आधारभूत विद्यालय नामकरण गर्नुको कारण यस ठाउँमा पानीको स्रोत नभए तापनि अन्य ठाउँबाट पानी ल्याई पोखरी बनाइएको थियो, जसकै आधारमा विद्यालयको नाम राखिएको हो।

वि.सं. २०४६ मा औपचारिक रूपमा कक्षा सञ्चालनको अनुमति पाएको भए पनि विद्यालयको आधारशिला भोजराज रेग्मीको सक्रियतामा एकीकृत ग्रामीण विकास योजनाअन्तर्गत राखिएको थियो। सामुदायिक भवन निर्माण गरी विद्यालय सञ्चालन गर्ने उद्देश्यले वि.सं. २०४५ मा विद्यालय संचालन समिति गठन गरियो। त्यसबेला:

अध्यक्ष: स्व. भीम बहादुर अधिकारी

सचिव: धुव्रकुमार वानियाँ

कोषाध्यक्ष: उत्तर बहादुर भुजेल

विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष स्व. भीम बहादुर अधिकारी थिए भने विद्यालयका पहिलो प्रधानाध्यापक तथा शिक्षक बालकृष्ण थापा थिए। विद्यालयले सुरुमा कटुसको स्याउलाको छानोबाट कक्षाहरू सञ्चालन गरेको थियो।

वि.सं. २०५० मा कक्षा ४, वि.सं. २०५१ मा कक्षा ५, वि.सं. २०५५ तथा २०५६ मा कक्षा ६ र ७ सञ्चालनको अनुमति प्राप्त गर्‍यो।

वि.सं. २०६८ बाट विद्यालयले कक्षा ८ को परीक्षा सञ्चालन गर्न थालेको हो। हालसम्म विद्यालयले शैक्षिक गतिविधिमा उल्लेखनीय प्रगति गर्दै हरेक वर्ष कक्षा ८ को परीक्षामा सन्तोषजनक नतिजा हासिल गर्दै आएको प्रधानाध्यापक कृष्ण रानामगरले जानकारी दिए।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...