News Portal

आजको राशिफल

आज फाल्गुन २९, २०८१ (मार्च १३, २०२५) को राशिफल यस प्रकार रहेको छ:

हिमालीसंचार संवाददाता
२६६ पटक

आज फाल्गुन २९, २०८१ (मार्च १३, २०२५) को राशिफल यस प्रकार रहेको छ:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आत्मबल बढ्नेछ। करियरमा राम्रो अवसर मिल्नेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। आर्थिक पक्षमा सुधार आउनेछ। (शुभ रंग: सेतो, शुभ अंक: ६)

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

छरछिमेक तथा परिवारसँग सम्बन्ध राम्रो हुनेछ। पैतृक सम्पत्तिबाट लाभ हुनसक्छ। खर्चमा नियन्त्रण आवश्यक छ। (शुभ रंग: गुलाबी, शुभ अंक: ७)

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

साहित्य, लेखन वा अध्ययनमा सफलता मिल्नेछ। व्यवसायमा लाभ प्राप्त हुनेछ। स्वास्थ्यप्रति सजग रहनुहोस्। (शुभ रंग: गाढा हरियो, शुभ अंक: ३)

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आफन्त तथा परिवारको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ। आत्मबल र परिश्रमले सफलता दिलाउनेछ। (शुभ रंग: हल्का पहेँलो, शुभ अंक: ४)

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मानसिक तनाव कम हुनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। प्रेम जीवनमा सकारात्मकता आउनेछ। (शुभ रंग: रातो, शुभ अंक: ३)

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ कार्यको थालनी गर्न राम्रो समय छ। परिवारमा खुशीयाली छाउनेछ। आर्थिक पक्षमा सुधार आउनेछ। (शुभ रंग: बैजनी, शुभ अंक: ७)

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यापार व्यवसायमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा मान सम्मान बढ्नेछ। यात्रामा लाभ मिल्ने सम्भावना छ। (शुभ रंग: हल्का सेतो, शुभ अंक: २)

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आत्मविश्वास बढ्नेछ। पारिवारिक सहयोग मिल्नेछ। व्यापारमा लाभ मिल्ने संकेत छ। (शुभ रंग: हरियो, शुभ अंक: १)

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

विद्यार्थीका लागि राम्रो समय छ। वैदेशिक यात्रा वा अध्ययनमा सफलता मिल्नेछ। आयका नयाँ स्रोतहरू फेला पर्नेछन्। (शुभ रंग: पहेँलो, शुभ अंक: ३)

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

राजनीतिक वा सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा तपाईंको योगदान सराहनीय हुनेछ। (शुभ रंग: निलो, शुभ अंक: २)

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

विद्यार्थीहरूका लागि राम्रो समय छ। कानुनी वा प्रशासनिक कार्यमा सफलता मिल्नेछ। पारिवारिक भेटघाट रमाइलो हुनेछ। (शुभ रंग: सुन्तला, शुभ अंक: २)

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। रोकिएका कामहरू पुनः अगाडि बढ्नेछन्। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस्। (शुभ रंग: सेतो, शुभ अंक: ४)

तपाईंको दिन शुभ रहोस्!

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...