News Portal

आरआर क्याम्पसमा चुनावी प्रतिस्पर्धाबीच उम्मेदवारमाथि कुटपिट

प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्ववियु सचिव उम्मेदवारमाथि आक्रमण भएको छ।

संगीता गुरुङ
१९७ पटक

काठमाडौं, फागुन २८ – प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहबाट स्ववियु सचिव पदका उम्मेदवार दिपक देवकोटामाथि आक्रमण भएको छ।

बुधबार क्याम्पसको खेल मैदानमा करिब १०–१२ जनाको समूहले देवकोटामाथि हातपात गरेको देवकोटा पक्षधर विद्यार्थीहरूको दाबी छ। उनीहरूले आक्रमणको नेतृत्व अनेरास्ववियुका निराजन भट्टले गरेको आरोप लगाएका छन्।

भट्ट एमालेनिकट अनेरास्ववियुका सभापति पदका उम्मेदवार लोकेश खड्का समर्थक रहेको बताइएको छ। घटनापछि विद्यार्थीहरूले क्याम्पस प्रमुख पदम अधिकारीलाई जानकारी गराए पनि उनले हस्तक्षेप गर्न असमर्थता जनाएका कारण विद्यार्थीहरू असन्तुष्ट बनेका छन्।

देवकोटा पक्षधर विद्यार्थी नेता रेशम सापकोटाका अनुसार घटनामा संलग्नहरूमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्न प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिइएको छ। साथै, आक्रमणकारीहरूले एकजना महिला विद्यार्थीलाई समेत लक्षित गरी दुर्व्यवहार गरेको आरोपसमेत लागेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...