News Portal

आरआर क्याम्पसमा चुनावी प्रतिस्पर्धाबीच उम्मेदवारमाथि कुटपिट

प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्ववियु सचिव उम्मेदवारमाथि आक्रमण भएको छ।

संगीता गुरुङ
२४३ पटक

काठमाडौं, फागुन २८ – प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहबाट स्ववियु सचिव पदका उम्मेदवार दिपक देवकोटामाथि आक्रमण भएको छ।

बुधबार क्याम्पसको खेल मैदानमा करिब १०–१२ जनाको समूहले देवकोटामाथि हातपात गरेको देवकोटा पक्षधर विद्यार्थीहरूको दाबी छ। उनीहरूले आक्रमणको नेतृत्व अनेरास्ववियुका निराजन भट्टले गरेको आरोप लगाएका छन्।

भट्ट एमालेनिकट अनेरास्ववियुका सभापति पदका उम्मेदवार लोकेश खड्का समर्थक रहेको बताइएको छ। घटनापछि विद्यार्थीहरूले क्याम्पस प्रमुख पदम अधिकारीलाई जानकारी गराए पनि उनले हस्तक्षेप गर्न असमर्थता जनाएका कारण विद्यार्थीहरू असन्तुष्ट बनेका छन्।

देवकोटा पक्षधर विद्यार्थी नेता रेशम सापकोटाका अनुसार घटनामा संलग्नहरूमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्न प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिइएको छ। साथै, आक्रमणकारीहरूले एकजना महिला विद्यार्थीलाई समेत लक्षित गरी दुर्व्यवहार गरेको आरोपसमेत लागेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...