News Portal

आजपाद्वारा २४ चैतमा काठमाडौंमा खबरदारी सभाको घोषणा

आम जनता पार्टी (आजपा)ले २४ चैतमा काठमाडौंको भृकुटीमण्डपमा खबरदारी सभा गर्ने घोषणा गरेको छ।

संगीता गुरुङ
१८९ पटक

काठमाडौं, फागुन २८ – आम जनता पार्टी (आजपा)ले २४ चैतमा काठमाडौंको भृकुटीमण्डपमा खबरदारी सभा गर्ने घोषणा गरेको छ।

पार्टी अध्यक्ष प्रभु साहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त सभा अगाडि काठमाडौंका विभिन्न स्थानमा प्रदर्शनसमेत गरिने बताए। उनले “दलाल दलतन्त्र” को विरोधस्वरूप यो सभा आयोजना गर्न लागिएको स्पष्ट पारे।

उनका अनुसार मुलुकबाट अध्ययन र रोजगारीका लागि विदेशिने युवाको संख्या दिनप्रतिदिन बढ्दै जानु गम्भीर विषय हो, र यसको प्रमुख कारण सत्तामा रहेका नेताहरूको असक्षमता तथा कुशासन हो।

आजपाले खबरदारी सभामा युवासहित विभिन्न क्षेत्रका सरोकारवाला तथा आम नागरिकको व्यापक सहभागिता रहने जनाएको छ। यो सभा भ्रष्टाचार, बेरोजगारी, कुशासन, तथा अवसरको असमान पहुँचविरुद्धको आवाज उठाउने उद्देश्यले आयोजना गरिन लागेको हो।

यसअघि पनि आजपाले सरकारको नीति–कार्यक्रमको विरोध गर्दै विभिन्न प्रदर्शन तथा सभा गरेको थियो। खबरदारी सभाले आम जनताको असन्तुष्टि सरकारसमक्ष प्रभावकारी रूपमा पुर्‍याउने आजपाको विश्वास छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...