News Portal

एकीकृत समाजवादीको सचिवालय बैठक आज, चैत १ गते आन्दोलनको घोषणा गर्ने तयारी

एकीकृत समाजवादीको सचिवालय बैठकमा आज राजावादीहरूको गतिविधि, सरकारको भूमिका र आगामी आन्दोलनका कार्यक्रमबारे छलफल गर्दै चैत १ गते आन्दोलनको घोषणा गर्ने तयारी गरिरहेको छ।

संगीता गुरुङ
३१४ पटक

फाल्गुन २६, काठमाडौँ – नेकपा एकीकृत समाजवादीले पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ। महासचिव घनश्याम भुसालका अनुसार, बैठक बिहान ११ बजेपछि बस्ने तय गरिएको छ।

बैठकमा राजावादीहरूको गतिविधि, सरकारको भूमिका र आगामी आन्दोलनका कार्यक्रमबारे गम्भीर छलफल हुने बताइएको छ। एकीकृत समाजवादीका नेताहरूले सत्तारूढ दलहरूको नालायकीपनका कारण प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेको आरोप लगाउँदै आएका छन्।

पार्टी स्रोतका अनुसार, एकीकृत समाजवादीले आगामी चैत १ गते पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको छ। पार्टी नेतृत्वले यस बैठकलाई भावी रणनीति तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...