News Portal

एकीकृत समाजवादीको सचिवालय बैठक आज, चैत १ गते आन्दोलनको घोषणा गर्ने तयारी

एकीकृत समाजवादीको सचिवालय बैठकमा आज राजावादीहरूको गतिविधि, सरकारको भूमिका र आगामी आन्दोलनका कार्यक्रमबारे छलफल गर्दै चैत १ गते आन्दोलनको घोषणा गर्ने तयारी गरिरहेको छ।

संगीता गुरुङ
४३२ पटक

फाल्गुन २६, काठमाडौँ – नेकपा एकीकृत समाजवादीले पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ। महासचिव घनश्याम भुसालका अनुसार, बैठक बिहान ११ बजेपछि बस्ने तय गरिएको छ।

बैठकमा राजावादीहरूको गतिविधि, सरकारको भूमिका र आगामी आन्दोलनका कार्यक्रमबारे गम्भीर छलफल हुने बताइएको छ। एकीकृत समाजवादीका नेताहरूले सत्तारूढ दलहरूको नालायकीपनका कारण प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेको आरोप लगाउँदै आएका छन्।

पार्टी स्रोतका अनुसार, एकीकृत समाजवादीले आगामी चैत १ गते पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको छ। पार्टी नेतृत्वले यस बैठकलाई भावी रणनीति तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...