News Portal

भूमिसम्बन्धी अध्यादेश रोक्ने सहमतिसँगै पाँच अध्यादेश पारित हुने तयारी

सरकारले भूमिसम्बन्धी अध्यादेशलाई फिर्ता गर्ने निर्णय गर्दै अन्य पाँच अध्यादेश पारित गर्ने प्रक्रियालाई अघि बढाउने भएको छ।

संगीता गुरुङ
२७६ पटक

काठमाडौं, २० फागुन — सरकारले भूमिसम्बन्धी अध्यादेशलाई फिर्ता गर्ने निर्णय गर्दै अन्य पाँच अध्यादेश पारित गर्ने प्रक्रियालाई अघि बढाउने भएको छ। सत्ता साझेदार दलहरू जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेशप्रति असहमति जनाएपछि सरकार उक्त अध्यादेशलाई रोक्न सहमत भएको हो।

अब बाँकी पाँच अध्यादेशलाई २१ फागुनमा प्रतिनिधि सभामा पेस गरिनेछ भने २२ फागुनमा राष्ट्रिय सभाबाट पारित गरिनेछ। यी अध्यादेशहरू सुशासन प्रवर्द्धन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण, आर्थिक तथा व्यावसायिक वातावरण सुधार, र सहकारीसम्बन्धी ऐन संशोधनसँग सम्बन्धित छन्।

गत २ माघमा जारी गरिएको भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेशमा सत्ता गठबन्धनभित्रै असहमति देखिएपछि संसद्मा यसको प्रक्रिया रोकिएको हो। संविधानअनुसार अध्यादेश संसद अधिवेशन सुरु भएको ६० दिनभित्र पारित गर्नुपर्ने कानुनी व्यवस्था छ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार सरकार र सत्ता साझेदार दलहरूबीच भूमिबाहेकका पाँच अध्यादेशलाई पारित गर्ने सहमति भइसकेको छ। जसपा नेपालका प्रवक्ता मनिष सुमनले पनि आफ्नो पार्टी यसअघि नै भूमिसम्बन्धी अध्यादेश अघि नबढाउने निर्णयमा कायम रहेको स्पष्ट पारे।

यससँगै, सरकार अब भूमिसम्बन्धी विषयमा थप छलफल गर्ने तयारीमा रहेको बताइएको छ।

 

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...