News Portal

आजको राशिफल

आज फाल्गुन २०, २०८१ (मार्च ४, २०२५) को राशिफल यस प्रकार रहेको छ:

हिमालीसंचार संवाददाता
१८८ पटक

आज फाल्गुन २०, २०८१ (मार्च ४, २०२५) को राशिफल यस प्रकार रहेको छ:

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

स्वाधिकार प्राप्तिका लागि कडा मेहनत गर्नुपर्नेछ। वादविवादजन्य विषयमा प्रवेश नगर्नु राम्रो हुनेछ। विश्वासपात्रबाट घातप्रतिघातको सम्भावना छ, सतर्क रहनुहोस्। (शुभ रङ : रातो, शुभ अंक: २)

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

धार्मिक कार्यमा मन जानेछ। कार्यसिद्धिको शुभ फलदायी योग छ। मनमा प्रसन्नता छाउने शुभ समाचार सुन्न पाइनेछ। नयाँ काम प्रारम्भ गर्ने समय छ, चिताएको काममा सफलता मिल्नेछ। (शुभ रंग: सेतो, शुभ अंक: १)

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

शुभ कार्यको यत्रतत्र चर्चा चल्नेछ। बोलीको उच्च सकारात्मक प्रभाव जमाउन सकिनेछ। तर, थालेका कार्य बीचैमा रोकिने सम्भावना छ, ध्यान दिनुहोस्। (शुभ रंग: हरियो, शुभ अंक: ८)

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

सभा, गोष्ठी, सम्मेलनमा सरिक हुन पाइनेछ। नवीन विषयमा ज्ञानार्जनको अवसर मिल्नेछ। तर, व्यापार व्यवसायमा घाटा सहनुपर्ने सम्भावना छ, सतर्क रहनुहोस्। (शुभ रंग: पहेँलो, शुभ अंक: ३)

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

आत्मविश्वासमा कमी आउनेछ। हीनताबोधले कार्य सम्पादनमा नकारात्मक प्रभाव पर्नेछ। अनायासै स्वास्थ्यमा समस्या देखापर्न सक्छ, सावधानी अपनाउनुहोस्। (शुभ रंग: सुन्तला, शुभ अंक: १)

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

इज्जत प्रतिष्ठाको सीमा बढ्नेछ। ठीक समयमा उचित निर्णय लिन सकिनेछ। मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। (शुभ रंग: निलो, शुभ अंक: ८)

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

वैदेशिक क्षेत्रको योजनाले सार्थक गति लिनेछ। विपरीत लिङ्गी सहपाठीबाट राम्रो साथ सहयोग पाइनेछ। घरमा नवीन चहलपहल छाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। (शुभ रंग: गुलाबी, शुभ अंक: २)

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

नयाँ कार्ययोजना तय हुनेछ। लामो समयदेखि रोकिएका कार्य सुचारु हुनेछन्। तर, प्रायः हरेक कार्यमा विघ्न बाधा खडा हुन सक्छ, धैर्य राख्नुहोस्। (शुभ रंग: रातो, शुभ अंक: ४)

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

शारीरिक तथा मानसिक आलस्यता बढ्नेछ। अन्तिममा गएर काम बिग्रिने सम्भावना छ। वादविवादबाट टाढै रहनु श्रेयस्कर हुनेछ। स्वास्थ्य प्रतिकूल रहन सक्छ, आहारविहारमा ध्यान पुर्याउनुहोस्। (शुभ रंग: बैजनी, शुभ अंक: १)

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

आशा गरेको व्यक्तिबाट राम्रो साथ पाइनेछ। कला साहित्यमा रुचि बढ्नेछ। अर्थ लाभसँगै कार्य सिद्धिको योग छ। पुरुषार्थ देखाएर पेसा–व्यवसायमा स्थापित बन्न सकिनेछ। (शुभ रंग: खैरो, शुभ अंक: ९)

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

विशिष्ट व्यक्तिलाई अतिथिका रूपमा स्वागत गर्न पाइनेछ। घरमा नवीन चहलपहल छाउनेछ। आँखामा कष्ट वा कुनै समस्या देखापर्न सक्छ, स्वास्थ्यमा ध्यान दिनुहोस्। शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। (शुभ रंग: खैरो, शुभ अंक: ७)

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

दैनिक मूल्य परिवर्तन हुने क्षेत्रमा गरेको आर्थिक लगानीले फाइदा नदिए पनि आफन्तको साथ सहयोग प्राप्त हुनेछ। नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिनेछ। श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। (शुभ रंग: पहेँलो, शुभ अंक: ५)

तपाईंको दिन शुभ रहोस्!

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...