News Portal

आजको राशिफल

आज फागुन १९, २०८१ (मार्च ३, २०२५) सोमबारको तपाईँको राशिफल यहाँ प्रस्तुत छ:

हिमालीसंचार संवाददाता
२१३ पटक

आज फागुन १९, २०८१ (मार्च ३, २०२५) सोमबारको तपाईँको राशिफल यहाँ प्रस्तुत छ:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कार्यक्षेत्रमा लाभका अवसरहरू प्राप्त हुनेछन्। पुराना विचारहरू छोडेर नयाँ विचारहरूलाई समय दिनुहोस्। माननीय जनहरूबाट सहयोग मिल्नेछ। पौष्टिक आहारको सेवन गर्नुहोला। (शुभ रंग : रातो, शुभ अंक : २)

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

एकाग्रताको साथमा मेहनत गर्नुहोस्, सफलता मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा बनाउनुमा विश्वास राख्नुहोला। (शुभ रंग : गुलाबी, शुभ अंक : २)

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

पूरा गर्न नसक्ने वाचा नगरौँ। समाजमा मान सम्मान बढ्नेछ। प्रेम सम्बन्धमा विचारहरूको टकराव हुन सक्छ। पारिवारिक विषयवस्तुमा सुधार हुनेछ। (शुभ रंग : हल्का पहेलो, शुभ अंक : ७)

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज ऊर्जावान महसुस गर्नुहुनेछ। अधिकारी वर्गहरूबाट सहयोग पाइएला। नयाँ कार्य गर्ने अवसर मिल्नेछ। विद्यार्थीहरुलाई उच्च शिक्षाका नयाँ अवसर मिल्नेछन्। (शुभ रंग : सेतो, शुभ अंक : ३)

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अर्थभावले चिताएको कार्य सम्पादन गर्न गाह्रो हुनेछ। आर्थिक वा व्यावसायिक क्षेत्रमा सुधार हुनेछ। सेवा गर्ने भाव जागृत हुनेछ। (शुभ रंग : निलो, शुभ अंक : ५)

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

धार्मिक र आध्यात्मिक क्षेत्रमा प्रगति हुनेछ। कानुन विपरीत कार्य नगर्नुहोला। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। (शुभ रंग : हरियो, शुभ अंक : ६ )

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

चिताएको कार्य समयमै सम्पादन हुनाले मन उत्साहित रहनेछ। आम्दानीका नयाँ स्रोतहरू बढ्नेछन्। स्वास्थ्यको लागि आहारविहारमा ध्यान राख्नुहोला। (शुभ रंग : निलो, शुभ अंक : ५)

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यापार व्यवसायमा सन्तानबाट सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध सबल हुनेछन्। प्रेम सम्बन्ध छ भने विवाहका कुरा अगाडि बढाउन सक्नुहुनेछ। आर्थिक पक्ष राम्रो रहनेछ।  (शुभ रंग : रातो, शुभ अंक : ८)

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

कार्यक्षेत्रमा वरिष्ठजनहरुको सहयोग मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। आजको (शुभ रंग : गाढा पहेलो, शुभ अंक : ९)

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

कार्यक्षेत्रमा आसमर्दो कार्य सम्पादन हुनाले नयाँ कार्यतर्फ अग्रसर हुन सक्नुहुनेछ। घरपरिवारमा भाइबहिनीहरूको साथ र सहयोग मिल्नेछ। पायक स्थानमा यात्राका योग छन्। आजको (शुभ रंग : निलो, शुभ अंक : ६)

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आफन्तहरूको साथमा मनोरञ्जनात्मक समय बित्नेछ। घरको साज सजावटमा धन खर्च होला। आध्यात्म र विज्ञानमा दुवैमा रूचि उत्पन्न हुनेछ। आटेको कार्य सम्पादन गर्न सकिएला। (शुभ रंग : खैरो, शुभ अंक : ७)

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

रोकिएका कार्य बन्नेछन्। रुचिको कार्यमा मन जानेछ। घरपरिवारमा मांगलिक कार्यको रूपरेखा बन्नेछ। व्यापार व्यवसायमा नयाँ सम्पर्कले भविष्यमा लाभ मिल्नेछ। (शुभ रंग : सुन्तला, शुभ अंक : २)

तपाईंको दिन शुभ रहोस्!

 

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...