News Portal

पूर्वसांसद शाहले बनाएरै छाडे जाजरकोटको बडावनमा २५ शैयाको अस्पताल !

हिमाली संचार संवाददाता
९०६ पटक

बद्री पन्त/जाजरकोट : जाजरकोटको छेडागाड नगरपालिका ५, बडावन गाउमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण भएको छ । तर अस्पताल भवनको निर्माण सरकारी खर्चमा भएको भने होइन । समाजसेवी तथा पूर्व सांसद राजिव विक्रम शाहले ६ करोड ब्यक्तिगत खर्चमा अस्पतालको भवन लगायत भौतिक संरचना निर्माण गरेका हुन् ।

समाजसेवी तथा पुर्व सांसद शाहले २५ शैयाको हाम्रो कुमारी फाउन्डेसन अस्पताल संचालन गर्न भवन निर्माण कार्य पुरा गरेका हुन् । शाहले कुमारी ट्रष्ट संस्था मार्फत अस्पताल भवन निर्माण गरेका हुन् । अस्पताल भवनको निर्माण कार्य गत बर्ष शुरु भएको थियो । सामुदायिक अस्पताल संचालन गर्न शाहले बडाबनमा इनडोर, ओपीडी, अप्रेसन, एक्सरे, प्रसुती, ल्याव, फार्मेसी, डाक्टर तथा नर्स क्वाटर, प्रशासन, शैचालय लगायत सेवा संचालनका लागि दर्जन भवन बनाएका छन् ।

बडाबनका स्थानीय बासिन्दाले निशुल्क उपलब्ध गराएको ५ रोपनी जग्गामा अस्पतालका लागि अत्याधुनिक भवनहरुको निर्माण कार्य सम्पन्न भएको हो । पटकपटक झाडापखला लगायत महामारीवाट पिडित यहाका जनताको स्वास्थ्य सुविधालाई मध्यनजर गरी दुर्गम गाउमै विशेषज्ञ सेवा दिने उदश्यले अस्पताल संचालन गर्न लागेको पुर्व सांसद शाहले वताउनु भयो । २०७६ सालदेखि अस्पतालबाट स्वास्थ्य सेवा संचालन हुने सांसद शाहले बताउनु भयो । अस्पतालमा उपकरण लगायत जुटाउन थप ५/६ करोड खर्च लाग्ने शाहको भनाइ छ ।

व्यक्तिगत खर्चमा भवन निर्माण कार्य पुरा गरेपनि अस्पतालको संचालन, रेखदेख र सेवा प्रवाहमा सरकारी तथा गैरसरकारी निकायकोे साझा दायित्व वोध हुने गरी कार्य अघि बढाएको शाहको भनाइ छ । अस्पताल सन्चालनको वोर्ड समितीमा सवै दल तथा ससरोकारवालाको प्रतिनिधित्व हुने व्यवस्था मिलाउने भनाई छ । अस्पतालबाट दुर्गम, विकट गाउ र विपन्न समुदायका जनताको पहु“चमा सहज तथा गुणस्तरीय सेवा प्रवाहको लागि पहलकदमी चालेको शाहको भनाइ छ ।

चर्चित समाजसेवी महावीर पुन, रोटरी क्लव इन्टरनेस्नल, केहि मेडिकल कलेजका विशेषज्ञ डाक्टरसग उपचार सेवा, उपकरण, अस्पताल सन्चालन खर्च तथा श्रोत व्यवस्थापन लगायत विषयमा छलफल भइरहेको समाजसेवी शाहको भनाइ । अस्पताल सन्चालन गर्न मासिक २५ लाख सम्म खर्च लाग्ने शाहको भनाइ छ । अस्पतालका भवनहरु निर्माणको जिम्मा पन्चकन्या ग्रुपले लिएको थियो ।

स्वास्थ्य समस्याले आक्रान्त वनेका जाजरकोट पश्चिम भेकका साथै दैलेख र जुम्लाका जनताका लागि ६ करोड ब्यक्तिगत खर्चमा अस्पताल वनाउन तम्सिएका शाहको वाचा पुरा भएको छेडागाड ८, का स्थानीय खड्क विसीले बताउनु भयो । अस्पतालको भौतिक स्वरुप तयार भइसकेको र सेवा प्रवाहको कार्य बाकी रहेको छ । अस्पतालबाट यहाका ८० हजार स्थानीयलाई स्वास्थ्य सेवा पाउन सहज हुने विसीको भनाई छ ।

दुर्गम गाउ वडावनमा सुविधा सम्पन्न अस्पताल सन्चालनमा आएपछि विभिन्न स्वास्थ्य समस्यावाट आक्रान्त हुने गरेका जनताले ठुलो राहत पाउने वडा अध्यक्ष महेन्द्रबहादुर शाहीले बताउनु भयो । राजीव विक्रम शाहले वडावनमा व्यक्तिगत खर्चमा २५ शैयाको अस्पताल वनाएर सह्रानिय काम गरेको वडा अध्यक्ष शाहीको भनाइ छ ।

जनताका लागि सरकारले गर्न नसकेको कार्य राजीवले गरेर देखाएका छन । समाज सेवा मार्फत राजनीतिमा आएका शाहले २०७० सालको दोस्रो संविधान सभाको चुनावमा जाजरकोट क्षेत्र नम्वर २ वाट चुनाव जितेका थिए ।

कांग्रेसका उम्मेदवार शाहले २०७४ सालको संघीय संसदको निर्वाचनका वेला जाजरकोटी जनताको लागि व्यक्तिगत पहल र लगानीमा अस्पताल वनाउछु भनेर घोषणा गरेका थिए । शाहको उक्त घोषणालाई विपक्षीले विश्वास गरेका थिएनन् । विपक्षीले शाहको घोषणालाई झुटको खेती र भोट फुत्क्याउने चाल भनेर प्रतिक्रिया दिएका थिए । पुख्र्यौली घर जाजरकोट भएका शाह वाम गठवन्धनका उम्मेदवार हालका वन तथा वातावरण मन्त्री शक्तिवहादुर वस्नेतसग उक्त चुनावमा परजय भएका थिए ।

शाहले आफना पुर्खाको जन्मथलोका लागि केहि गरेर छोड्ने वाचा पटकपटक गर्दै आएका थिए । चुनाव जित्ने हार्नेसंग अस्पतालको कुनै सम्वन्ध नरहेको शाह बताउछन् । चुनाव जितेर पनि आफुले जनतासंग गरेको वाचा पुरा नगर्ने नेताको भिडमा नेता राजीव विक्रम शाह फरक वन्न पुगेका छन् ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...