News Portal

  • पूर्वसांसद शाहले बनाएरै छाडे जाजरकोटको बडावनमा २५ शैयाको अस्पताल !

    हिमाली संचार संवाददाता
    ७६७ पटक

    बद्री पन्त/जाजरकोट : जाजरकोटको छेडागाड नगरपालिका ५, बडावन गाउमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण भएको छ । तर अस्पताल भवनको निर्माण सरकारी खर्चमा भएको भने होइन । समाजसेवी तथा पूर्व सांसद राजिव विक्रम शाहले ६ करोड ब्यक्तिगत खर्चमा अस्पतालको भवन लगायत भौतिक संरचना निर्माण गरेका हुन् ।

    समाजसेवी तथा पुर्व सांसद शाहले २५ शैयाको हाम्रो कुमारी फाउन्डेसन अस्पताल संचालन गर्न भवन निर्माण कार्य पुरा गरेका हुन् । शाहले कुमारी ट्रष्ट संस्था मार्फत अस्पताल भवन निर्माण गरेका हुन् । अस्पताल भवनको निर्माण कार्य गत बर्ष शुरु भएको थियो । सामुदायिक अस्पताल संचालन गर्न शाहले बडाबनमा इनडोर, ओपीडी, अप्रेसन, एक्सरे, प्रसुती, ल्याव, फार्मेसी, डाक्टर तथा नर्स क्वाटर, प्रशासन, शैचालय लगायत सेवा संचालनका लागि दर्जन भवन बनाएका छन् ।

    बडाबनका स्थानीय बासिन्दाले निशुल्क उपलब्ध गराएको ५ रोपनी जग्गामा अस्पतालका लागि अत्याधुनिक भवनहरुको निर्माण कार्य सम्पन्न भएको हो । पटकपटक झाडापखला लगायत महामारीवाट पिडित यहाका जनताको स्वास्थ्य सुविधालाई मध्यनजर गरी दुर्गम गाउमै विशेषज्ञ सेवा दिने उदश्यले अस्पताल संचालन गर्न लागेको पुर्व सांसद शाहले वताउनु भयो । २०७६ सालदेखि अस्पतालबाट स्वास्थ्य सेवा संचालन हुने सांसद शाहले बताउनु भयो । अस्पतालमा उपकरण लगायत जुटाउन थप ५/६ करोड खर्च लाग्ने शाहको भनाइ छ ।

    व्यक्तिगत खर्चमा भवन निर्माण कार्य पुरा गरेपनि अस्पतालको संचालन, रेखदेख र सेवा प्रवाहमा सरकारी तथा गैरसरकारी निकायकोे साझा दायित्व वोध हुने गरी कार्य अघि बढाएको शाहको भनाइ छ । अस्पताल सन्चालनको वोर्ड समितीमा सवै दल तथा ससरोकारवालाको प्रतिनिधित्व हुने व्यवस्था मिलाउने भनाई छ । अस्पतालबाट दुर्गम, विकट गाउ र विपन्न समुदायका जनताको पहु“चमा सहज तथा गुणस्तरीय सेवा प्रवाहको लागि पहलकदमी चालेको शाहको भनाइ छ ।

    चर्चित समाजसेवी महावीर पुन, रोटरी क्लव इन्टरनेस्नल, केहि मेडिकल कलेजका विशेषज्ञ डाक्टरसग उपचार सेवा, उपकरण, अस्पताल सन्चालन खर्च तथा श्रोत व्यवस्थापन लगायत विषयमा छलफल भइरहेको समाजसेवी शाहको भनाइ । अस्पताल सन्चालन गर्न मासिक २५ लाख सम्म खर्च लाग्ने शाहको भनाइ छ । अस्पतालका भवनहरु निर्माणको जिम्मा पन्चकन्या ग्रुपले लिएको थियो ।

    स्वास्थ्य समस्याले आक्रान्त वनेका जाजरकोट पश्चिम भेकका साथै दैलेख र जुम्लाका जनताका लागि ६ करोड ब्यक्तिगत खर्चमा अस्पताल वनाउन तम्सिएका शाहको वाचा पुरा भएको छेडागाड ८, का स्थानीय खड्क विसीले बताउनु भयो । अस्पतालको भौतिक स्वरुप तयार भइसकेको र सेवा प्रवाहको कार्य बाकी रहेको छ । अस्पतालबाट यहाका ८० हजार स्थानीयलाई स्वास्थ्य सेवा पाउन सहज हुने विसीको भनाई छ ।

    दुर्गम गाउ वडावनमा सुविधा सम्पन्न अस्पताल सन्चालनमा आएपछि विभिन्न स्वास्थ्य समस्यावाट आक्रान्त हुने गरेका जनताले ठुलो राहत पाउने वडा अध्यक्ष महेन्द्रबहादुर शाहीले बताउनु भयो । राजीव विक्रम शाहले वडावनमा व्यक्तिगत खर्चमा २५ शैयाको अस्पताल वनाएर सह्रानिय काम गरेको वडा अध्यक्ष शाहीको भनाइ छ ।

    जनताका लागि सरकारले गर्न नसकेको कार्य राजीवले गरेर देखाएका छन । समाज सेवा मार्फत राजनीतिमा आएका शाहले २०७० सालको दोस्रो संविधान सभाको चुनावमा जाजरकोट क्षेत्र नम्वर २ वाट चुनाव जितेका थिए ।

    कांग्रेसका उम्मेदवार शाहले २०७४ सालको संघीय संसदको निर्वाचनका वेला जाजरकोटी जनताको लागि व्यक्तिगत पहल र लगानीमा अस्पताल वनाउछु भनेर घोषणा गरेका थिए । शाहको उक्त घोषणालाई विपक्षीले विश्वास गरेका थिएनन् । विपक्षीले शाहको घोषणालाई झुटको खेती र भोट फुत्क्याउने चाल भनेर प्रतिक्रिया दिएका थिए । पुख्र्यौली घर जाजरकोट भएका शाह वाम गठवन्धनका उम्मेदवार हालका वन तथा वातावरण मन्त्री शक्तिवहादुर वस्नेतसग उक्त चुनावमा परजय भएका थिए ।

    शाहले आफना पुर्खाको जन्मथलोका लागि केहि गरेर छोड्ने वाचा पटकपटक गर्दै आएका थिए । चुनाव जित्ने हार्नेसंग अस्पतालको कुनै सम्वन्ध नरहेको शाह बताउछन् । चुनाव जितेर पनि आफुले जनतासंग गरेको वाचा पुरा नगर्ने नेताको भिडमा नेता राजीव विक्रम शाह फरक वन्न पुगेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ६ गतेको राशिफल

    आज भदौ ६, २०८२ (अगस्त २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रधानमन्त्री ओली : ‘सिंगै नेपाल र कर्णाली बन्दैछन्, सबैको योगदान जरूरी

    काठमाडौं, भदौ ५ – प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगै नेपाल समृद्ध बनाउने लक्ष्यका लागि सबै...

    मिटरब्याज धन्दामा संलग्न कविराज कटुवाल पक्राउ

    ललितपुर, भदौ ५ – थोरै लगानीमा उच्च ब्याज असुल्ने ‘मिटरब्याज’ धन्दा सञ्चालन गरेको आरोपमा सिन्धुपाल्चोक...

    मधेशमा प्रभावकारी विद्युत् आपूर्तिका लागि मन्त्री खड्काको निर्देशन

    काठमाडौं, भदौ ५ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मधेश प्रदेशमा प्रभावकारी र...

    गोरखामा बेपत्ता पुरुष मृत फेला, खोजीमा संलग्न अर्काको पनि निधन

    गोरखा, भदौ ५ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ सिप्चेतका रिनजिन लामा मृत अवस्थामा फेला परेका...