News Portal

आज फागुन १, २०८१ (फेब्रुअरी १३, २०२५) बिहीबारको राशिफल

आज फागुन १, २०८१ (फेब्रुअरी १३, २०२५) बिहीबारको राशिफल यस प्रकार छ:

हिमालीसंचार संवाददाता
२३९ पटक

नमस्कार,

आज फागुन १, २०८१ (फेब्रुअरी १३, २०२५) बिहीबारको राशिफल यस प्रकार छ:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन तपाईंको लागि अनुकूल रहनेछ। व्यापारमा विस्तारको सम्भावना छ र मान्यजनहरूको सहयोग प्राप्त हुनेछ। रोकिएका कामहरू सम्पन्न हुनेछन्। पारिवारिक समस्यामा ठूलाबडाको साथ पाउन कठिनाइ हुन सक्छ। सञ्चित धनमा केही हानि हुन सक्ने सम्भावना छ। सन्तानको प्रगति हुनेछ र भौतिक साधनहरू जुट्नेछन्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज कार्यक्षेत्रमा पदोन्नतिको योग छ। पिताको साथ र सहयोग मिल्नेछ। नयाँ सवारी साधन किन्न पिताको सहयोग प्राप्त हुन सक्छ। नोकरी वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। आर्थिक पक्ष सबल रहनेछ र नयाँ नोकरीमा सफलता पाइनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): धार्मिक कार्यमा रुचि बढ्नेछ। नयाँ घर प्रवेश जस्ता कार्यका लागि अनुकूल समय छ। पारिवारिक सद्भाव बढ्नेछ। धर्मकर्ममा रुचि बढ्नुको साथै आध्यात्मिक क्षेत्रमा प्रगति हुनेछ। राज्यपक्ष वा सामाजिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। भौतिक सुख-सुविधा जुट्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज आर्थिक वा सामाजिक क्षेत्रमा हानिको सम्भावना छ। भविष्यका लागि नयाँ जग बसाउन सकिनेछ। वादविवादबाट टाढा रहनुहोस्। शत्रु पक्ष सक्रिय हुन सक्छ, जसले मन अस्थिर बनाउन सक्छ। कार्यक्षेत्रमा झुठो आरोप लाग्न सक्छ। सरकारी क्षेत्रमा प्रभाव बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विवाह आदिका योग बनिरहेका छन्। जीवनसाथीसँग रमाइलो समय बित्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न अनुकूल समय छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। प्रशस्त धन वा बहुमूल्य धातु संग्रह गर्ने योग छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): आर्थिक दृष्टिले खर्च बढ्नेछ। कार्यक्षेत्रमा शत्रुहरू सक्रिय रहनेछन्। व्यापार व्यवसायमा कानुनी समस्या आउन सक्छ। नयाँ फिल्म आदिमा सफलता हात लाग्नेछ। बैंकिङ वा मार्केटिङ क्षेत्रबाट लाभ मिल्नेछ। नोकरीमा अपजस मिल्न सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ कार्य थालनीको लागि बैंकबाट ऋणको समस्या सुल्झिनेछ। पठनपाठनमा आलस्यले गर्दा शिक्षाको क्षेत्रमा समय कमजोर रहनेछ। नोकरीमा स्थानान्तरणका योग छन्। व्यापार व्यवसायमा लाभ हुनेछ। सन्तानको प्रगतिले मन हर्षित हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): महत्वाकांक्षी योजना सम्पन्न हुनेछन्। समाजमा इष्टमित्रहरूको साथ मिल्नेछ। नयाँ मित्रताको सम्पर्कले रोकिएको कार्य सम्पन्न हुनेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। पुराना मित्रहरूको भेटघाटले पुराना सम्झनाहरू ताजा हुनेछन्।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): पराक्रममा वृद्धि हुनेछ। नयाँ ठाउँमा आफ्नो योग्यतालाई प्रस्तुत गर्न सकिनेछ। साहसी बन्नुहोस्, समयले साथ दिनेछ। आफन्तहरूसँगको भेटघाटले मन उत्साहित रहनेछ। नयाँ कामको थालनी हुनेछ। परिवार तथा साथीभाइहरूबाट सहयोग मिल्नेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि): नेटवर्किङ क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। सरकारी परीक्षाको तयारी गर्नेहरूका लागि समय उत्तम छ। पारिवारिक सम्बन्ध सुदृढ रहनेछ। विद्यार्थीहरूलाई पढाइमा शिक्षकहरूको मार्गदर्शन मिल्नेछ। कार्यक्षेत्रमा वेतन वृद्धिले मन प्रसन्न रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नयाँ जिम्मेवारी पाउन सकिनेछ। कार्यक्षेत्रमा लगनशीलताले पदोन्नतिको योग छ। बाणीको प्रभावले कार्य सम्पादन गर्न सकिनेछ। आकस्मिक धनलाभका योग छन्। शेयर बजारबाट लाभ प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): कार्यक्षेत्रमा नयाँ बाधाहरू आउनेछन्। सहकर्मीहरूबाट सावधान रहनुहोस्। मित्रबाट सहयोग मिल्नेछ। नसोचेको ठाउँबाट धन प्राप्त हुन सक्छ। अनावश्यक खर्चले मन अप्रसन्न हुन सक्छ। साहसिक कार्यमा आर्थिक लाभ हुनेछ।

 

धन्यवाद!

प्रतिकृया दिनुहोस्

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...

रङ्गेलीमा परीक्षा सुरु, एक महिनामै नतिजा निकाल्ने तयारीले विद्यार्थी उत्साहित

मोरङ, चैत २० – रङ्गेली नगरपालिकामा तीन स्थानमा परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित आदर्श माध्यमिक...