News Portal

डल्लुबाट सुनको गरगहना चोरी गरेका ३ जना पक्राउ

डल्लु क्षेत्रबाट सुनको गरगहना चोरीको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
३२८ पटक

काठमाडौं, २९ माघ – डल्लु क्षेत्रबाट सुनको गरगहना चोरीको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ का ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेका ५८ वर्षीय जागिर मलिक र भारतको कलकत्ताका ३७ वर्षीय कोमल बहादुर कार्की रहेका छन्।

उनीहरूले माघ २६ गते डल्लुस्थित ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्ने सुनिता ठकुरीको डेराबाट सुनको गहना चोरी गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट सुनको नेक्लेस, सिक्री, औठी, गालेको सुन, तिलहरी, कल्ली, झुम्का, मंगलसूत्र र सिक्कासहित विभिन्न गहना बरामद गरिएको छ।

प्रहरीले पक्राउ परेका आरोपितहरूको अनुसन्धान स्वयम्भू प्रहरी वृतबाट गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...