News Portal

चितुवाको छालासहित युवक पक्राउ

नेपाल प्रहरीले चितुवाको छालासहित एक युवकलाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२५६ पटक

माघ २९, कैलाली – नेपाल प्रहरीले चितुवाको छालासहित एक युवकलाई पक्राउ गरेको छ। डोटीका २६ वर्षीय नरेश साउदलाई धनगढीको मिलनसार गेस्ट हाउसमा सोमबार राति छापा मारेपछि पक्राउ गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूहले विशेष सूचनाको आधारमा सो गेस्ट हाउसमा छापा मार्दा साउदलाई फेला पारेको थियो। खोजतलास गर्दा उनका साथबाट ८ फिट २ इन्च लामो र २ फिट २ इन्च चौडाइ भएको चितुवाको छाला बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

उक्त छालासहित पक्राउ परेका साउदलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय, धनगढी पठाइएको छ। प्रहरीका अनुसार यस घटनामा संलग्न अन्य व्यक्ति बारे पनि अनुसन्धान जारी छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...