News Portal

  • चितुवाको छालासहित युवक पक्राउ

    नेपाल प्रहरीले चितुवाको छालासहित एक युवकलाई पक्राउ गरेको छ।

    संगीता गुरुङ
    १८४ पटक

    माघ २९, कैलाली – नेपाल प्रहरीले चितुवाको छालासहित एक युवकलाई पक्राउ गरेको छ। डोटीका २६ वर्षीय नरेश साउदलाई धनगढीको मिलनसार गेस्ट हाउसमा सोमबार राति छापा मारेपछि पक्राउ गरिएको हो।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूहले विशेष सूचनाको आधारमा सो गेस्ट हाउसमा छापा मार्दा साउदलाई फेला पारेको थियो। खोजतलास गर्दा उनका साथबाट ८ फिट २ इन्च लामो र २ फिट २ इन्च चौडाइ भएको चितुवाको छाला बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

    उक्त छालासहित पक्राउ परेका साउदलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय, धनगढी पठाइएको छ। प्रहरीका अनुसार यस घटनामा संलग्न अन्य व्यक्ति बारे पनि अनुसन्धान जारी छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...

    संसद छिट्टै पुनर्स्थापना हुनैपर्छ, संविधान संशोधनमार्फत जेन–जीका माग सम्बोधन सम्भव : सभामुख घिमिरे

    बिर्तामोड, कार्तिक २८ – सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना अब अनिवार्य भएको बताएका छन्। बिहीबार बिहान...