News Portal

  • शत्रुलाई पनि यस्तो नहोस् हे दैब,सन्तान गर्भमा श्रीमान बाक्सामा..(भिडियो सहित)

    हिमाली संचार संवाददाता
    १०१५ पटक

    काठमाडौं : अल्पआयुमै करेन्ट लागेर बुवाको मृत्यु भयो । बहिनीको तीनवटा औला करेन्टले नै गर्दा काम नलाग्ने भयो । परिवारको ठुलो जिम्मेवारी उ माथि आई पर्‍यो ।

    श्रीमती, एउटा छोरो अनि आमाको सपना पुरा गर्न उनी कुवेत लागे । उनकै कमाईले परिवार जसोतसो चलिरहेको थियो । १३ बर्षभयो उनी कुबेत गएको । उनकी श्रीमती दोस्रो सन्तान जन्माउने संघारमा छिन् । बहिनीको पनि बिवाहको मिति तय भईसकेको छ ।

    केहि जिम्मेबारी अनि सपना लिएर उनी नेपाल आउने तयारी गर्दै थिए । तर दैवले उनी त पठाए उनको सास पठाएन, उनको लास मात्र पठायो बाकसमा ।

    यो एउटा अत्यन्त मार्मिक कथा हो झापा माईधाराका विष्णु कुमार घिमिरेको । गत शुक्रवार सुतेकै ठाउँमा उनको मृत्यु भयो प्रारम्भिक रिपोर्टअनुसार हृदयघातबाट मृत्यु भएको बताइएको छ । उनको असामायिक निधनले घिमिरे परिवार यतिवेला स्तब्ध छ ।

    हुन त जन्मनु र मर्नु प्रकृतिको नियम नै हो । तर यस्तो दुखदायि निधन शत्रुको पनि नहोस् । अनगिन्ति सपना लिएर उनी कुबेत गएका थिए । बहिनीको बिवाह अनि दोस्रो सन्तानको मुख हेर्न आतुर थिए उनी । तर दैवले उनको सपना पुरा हुन दिएन ।

    यो एउटा विष्णु कुमार घिमिरेको मात्र कथा नभएर हजारौै नेपालीहरुको कथा हो । धैरै नेपालीहरु वैदेशिक रोजागारको सिलसिलामा खाडी मुलुकहरुमा कार्यरत छन् । उनीहरुकै रेमिट्यान्सले मुलुक धानेको छ । तर नेपाल सरकारले यो विषयमा अझै पनि गम्भिर भएर सोचेको देखिदैन ।

    नेपालमै योग्यताअनुसारको रोजगारहुदो हो त परिवार अनि देश छोडेर जादैन थिए होला उनीहरु । अनि यस्तो नियति पनि भोग्नुपर्दैनथ्ये होला ।

    भिडियो हेर्नुहोस।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...