आज : २०२६-०७-०५, आइतबार

शत्रुलाई पनि यस्तो नहोस् हे दैब,सन्तान गर्भमा श्रीमान बाक्सामा..(भिडियो सहित)

काठमाडौं : अल्पआयुमै करेन्ट लागेर बुवाको मृत्यु भयो । बहिनीको तीनवटा औला करेन्टले नै गर्दा काम नलाग्ने भयो । परिवारको ठुलो जिम्मेवारी उ माथि आई पर्‍यो ।

श्रीमती, एउटा छोरो अनि आमाको सपना पुरा गर्न उनी कुवेत लागे । उनकै कमाईले परिवार जसोतसो चलिरहेको थियो । १३ बर्षभयो उनी कुबेत गएको । उनकी श्रीमती दोस्रो सन्तान जन्माउने संघारमा छिन् । बहिनीको पनि बिवाहको मिति तय भईसकेको छ ।

केहि जिम्मेबारी अनि सपना लिएर उनी नेपाल आउने तयारी गर्दै थिए । तर दैवले उनी त पठाए उनको सास पठाएन, उनको लास मात्र पठायो बाकसमा ।

यो एउटा अत्यन्त मार्मिक कथा हो झापा माईधाराका विष्णु कुमार घिमिरेको । गत शुक्रवार सुतेकै ठाउँमा उनको मृत्यु भयो प्रारम्भिक रिपोर्टअनुसार हृदयघातबाट मृत्यु भएको बताइएको छ । उनको असामायिक निधनले घिमिरे परिवार यतिवेला स्तब्ध छ ।

हुन त जन्मनु र मर्नु प्रकृतिको नियम नै हो । तर यस्तो दुखदायि निधन शत्रुको पनि नहोस् । अनगिन्ति सपना लिएर उनी कुबेत गएका थिए । बहिनीको बिवाह अनि दोस्रो सन्तानको मुख हेर्न आतुर थिए उनी । तर दैवले उनको सपना पुरा हुन दिएन ।

यो एउटा विष्णु कुमार घिमिरेको मात्र कथा नभएर हजारौै नेपालीहरुको कथा हो । धैरै नेपालीहरु वैदेशिक रोजागारको सिलसिलामा खाडी मुलुकहरुमा कार्यरत छन् । उनीहरुकै रेमिट्यान्सले मुलुक धानेको छ । तर नेपाल सरकारले यो विषयमा अझै पनि गम्भिर भएर सोचेको देखिदैन ।

नेपालमै योग्यताअनुसारको रोजगारहुदो हो त परिवार अनि देश छोडेर जादैन थिए होला उनीहरु । अनि यस्तो नियति पनि भोग्नुपर्दैनथ्ये होला ।

भिडियो हेर्नुहोस।